सैनामैना जेसीजको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

विमल गैरे, सैनामैना ।
सैनामैना जेसीजको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा भित्तेपापात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । कार्यक्रम सोमबार सैनामैना २ को बामरी पार्टी प्यालेसमा सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वमन्त्री तथा नेकपा माओवादी केन्द्र लुम्विनी प्रदेश अध्यक्ष सुदर्शन बराल, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु पुर्व अध्यक्ष, अध्यक्ष सल्लाहकार  सैनामैना जेसीजका पदाधिकारीहरूको उपस्थितिमा भित्तेपात्रोे विमोचन गरिएको हो । भित्तेपात्रो विमोचनसँगै नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान–प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्था, स्थानीय निकायका प्रतिनिधिहरू, पत्रकार, युवा तथा नागरिक समाजका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सैनामैना जेसीज वर्ष २०२५ का अध्यक्ष गोविन्द खरेलले सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा समेत जेसीज सैनामैनाको गतिविधिमा साथ र सहयोगको अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रम सस्थाका महासचिव गोपाल भण्डारीको सहजीकरणमा सम्पन्न भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation