तिनाउ पश्चिम वितरक संघ स्थापनाको २ वर्ष पुरा, नयाँ वर्षको भित्ते पात्रो विमोचन

उपकार अनलाइन, सैनामैना ।
तिनाउ पश्चिम वितरक संघ सैनामैनाको स्थापना भएको २ वर्ष पुरा भएको छ । सस्था आजैका दिन २०७९चैत्र २७ गते स्थापना भएको थियो । २ वर्ष पुरा भएको उपलक्षमा सस्थाले केक काटेर आफ्ना सदस्यहरुविच खुसि साटासाट गरेको छ भने नयाँ वर्ष २०८२ को भित्ते पात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ ।

सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता, सैनामैना व्यापार संघका अध्यक्ष सुरेन्द्र पौडेल, उद्योग बाणिज्य संघका अध्यक्ष, लगायत यस क्षेत्रका विभिन्न संघ सस्थाका प्रतिनिधी, सामाजिक तथा राजनैतिक प्रतिनिधीहरु र पत्रकारहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै सैनामैना नगरपालिकाका फणेन्द्र प्रसाद शर्माले व्यवसायीहरुलाई हौसला प्रदान गर्दै विदेशमा रोजगार गर्न गएकाहरुलाई पनि लोभ लाग्ने गरि काम गरेर देखाउन आग्रह गर्नुभएको छ । नव बर्ष २०८२ को शुभकामना आदान प्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका शर्माले शुभकामना मन्तव्य राख्दै व्यवसायीहरु मालिक भएको र विदेशमा नोकरी गर्न जानेहरुले पछि स्वदेश फर्केपछि सबैभन्दा पहिला व्यवसायीहरुलाई नै खोज्न बाध्य हुने स्थिती सिर्जना भइसकेको बताउँदै वैदेशीक रोजगारीमा रहेका नागरिकहरुलाई लोभ्याउने खालका कार्यहरु स्वदेशमै बसेर गर्न आग्रह गर्नुभएको हो ।

दुई बर्ष अघि आजैका दिन स्थापना भएको तिनाउ पश्चिम वितरक संघ यस क्षेत्रको सबैभन्दा कान्छो संस्था रहेको बताउनुभएका शर्माले संस्थाले छोटो समयमै उपलब्धीमूलक कार्य गर्दै आएको बताउनुभएको थियो ।

सस्थाका उपाध्यक्ष शोभाखर वेल्वासेको स्वागत मन्तव्य राख्दै अव स्थनिय सरकारको रुपमा रहेको नगरपालिका, वडा कार्यलयहरुले अव पालिका तथा वडालाई चाहिने सामानहरु यहि क्षेत्रमा रहेका व्यापारिहरु संग किन्नु पर्ने बताउनु भयो । अहिले नगरपालिकामा आवश्यक पर्ने विभिन्न सामाग्रीहरु बुटवलबाट किन्दै आएको गुनासो गर्दै वेल्वासेले बुटवलकै भाउमा आफुहरुले नगरपालिकालाई चाहिने हरेक सामाग्री उपलव्ध गराउन सक्ने व्यापारी यस सस्थामा रहेको बताउनुभयो । देशमा युवाहरु विदेशीनी लहर चलेको भन्दै अव नगरपालिकाले यहाँका व्यवसायीहरुलाई व्यवसाय छोडेर पलायन हुने स्थीती रोक्न सस्थासंग सहकार्य गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रम तिनाउ पश्चिम वितरक संघका अध्यक्ष नरेश न्यौपानेको अध्यक्षता, नगरप्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता र सस्थाका उपाध्यक्ष शोभाखर वेल्वासेको स्वागत तथा महासचिव विक्रम अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation