दानव नदिमा बेपत्ता मध्ये २ बालकको शव भेटियो

बुटवल । रूपन्देहीस्थित दानव नदीमा बेपत्ता भएका दुई जना बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ।

सोमबार लुम्बिनी साँस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका मध्ये २ बालकको शव मंगलबार बिहान गोताखोरले निकालेको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

१३ वर्षीय उमेश यादव र १२ वर्षीय मुनु हरीजनको शव फेला परेको हो। उनीहरूको खोजीको लागि राति नै सशस्त्र प्रहरी बल नेपाल नं. ४२ रिजर्भ गण बाँकेबाट गोताखोर परिचालन गरिएको थियो।

सुरक्षा बेश लुम्बनीबाट सशस्त्रका डिएसपी दिपक कोइरालाको कमाण्डमा र गोताखोर सहित बोर्डर आउट पोस्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षक रामकुमार घिमिरेको कमान्डमा खटिएको संयुक्त टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट दुई बालकको शव फेला पारेको हो। बेपत्ता मध्ये १४ वर्षीय राज यादवको शव भने सोमबार साँझ फेला परेको थियो।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation