अर्घाखाँचीमा दाईले गरे आफ्नै भाइको हत्या

बुटवल । आफ्नो श्रीमतीलाई सहोदर भाइले आँखा लगाएको भन्दै अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं ६ पाखापानीमा दाजुले आफ्नै सहोदर भाइको हत्या गरेका छन् ।

पाखापानीका ४२ वर्षीय विष्णु नामले चिनिने टेकबहादुर वादीले ३२ वर्षीय कान्छा भाइ ओमबहादुर वादीको बन्चरो प्रहार गरेर हत्या गरेको स्थानीयले जनाएका छन् ।

ओमबहादुरको बिहे भएको थिएन । बुवाआमा बितिसकेको र तीन दाजुभाइमध्ये जेठो दाइ अपाङग रहेका छन् । माइलो रहेका टेकबहादुरले कान्छा भाइ ओमबहादुरको हत्या गरेका हुन् ।

टेकबहादुरका श्रीमती र छोराछोरी छन् । स्थानीयका अनुसार बिहीबार साढे ५ बजेतिर यो घटना भएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation