
उपकार अनलाइन, सैनामैना । सैनामैना होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको छैठौं औं वार्षिक साधारणसभा तथा चौथो अधिबेशन शनिवार सम्पन्न भएको छ । चौथो अधिबेशनले माया केसि अध्यक्षमा १७ सदस्य कार्यसमिति सर्वसम्मत गठन गरेको छ । संघको वरिष्ठ उपाध्यक्षमा हुमराज घिमिरे, पर्यटन उपाध्यक्ष भिमलाल जैसि, उपाध्यक्ष मेघराज, महिला उपाध्यक्ष मिना ज्ञवाली बस्याल, महासचिव नवराज पन्थि, सचिब प्रशन्न पन्थ, सहसचिव दिनामानि पौडेल, कोषाध्यक्ष चन्द्रकान्ता भुसाल र सह-कोषाध्यक्ष प्रदिप पाण्डे चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा किशोर पौडेल, मुक्तिलाल पाण्डे, मेघराज पाण्डे, सुमित सापकोटा, बाबुराम कंडेल र शालिकराम पराजुली रहेका छन् । यस्तै लेखा समिति संयोजकमा विष्णु सापकोट र सदस्यमा मधुसुधन अर्याल चयन हुनुभएको छ ।
साधारणसभा सभा तथा अधिवेशनको उद्घाटन गर्दै सैनामैना नगरपालिका प्रमुख फणीन्द्र प्रसाद शर्माले नगरको पर्यटन विकासमा होटेल व्यवसायीले महत्त्वपूर्ण योगदान पुर्याएकोले आन्तरिक पर्यटन प्रबर्द्धनमा नगरपालिका अघि बढेको बताउनुभयो । सैनामैना क्षेत्रका ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार गर्न नगरपालिकाले घुमौ सैनामैना रमाउ सैनामैना कार्यक्रममार्फत पर्यटन प्रबर्द्धन गर्ने अभियानमा लाग्न होटेल व्यवसायीलाई आग्रह गर्नुभयो ।
होटेल व्यवसायी सैनामैनाका अध्यक्ष झविन्द्र पोख्रेलले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विगतका वर्षमा संघले गरेका गतिविधि, चुनौतीहरू र उपलब्धिहरूको विस्तृत विवरण दिनुभएको थियो।
साधारणसभामा होटेल तथा रेस्टुरेन्ट व्यवसायी महासंघका केन्द्रिय सचिब नारायण सेनले व्यवसायीबीच सहकार्य, पर्यटन प्रवर्द्धन र सरकारी नीतिमा व्यवसायीको आवाज समावेश गराउन संघ लागेको बताउनुभयो। आर्थिक मन्दीले धरासायी होटेल व्यवसायीलाई सरकारले व्यवसायीलाई छुट, सहुलियतपूर्ण ऋण, र करमा सहजीकरण गर्नुपर्ने र पर्यटन क्षेत्रलाई प्राथमिक उद्योगको रूपमा हेर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।
होटेल तथा रेस्टुरेन्ट व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष महेन्द्र श्रेष्ठले सरकारले होटल व्यवसायलाई उद्योग सरहको मान्यता दिनुपर्ने बताउनुभयो । उधोग जस्तै आर्थिक विकासमा होटेल व्यवसायीको उतिकै भुमिका रहेकाले राज्यबाट पाउने सुविधा होटेल व्यवसायीले पनि पाउनुपर्ने उल्लेख गर्नुभयो । साथै उनले व्यवसायिक हकहितको सम्बर्द्धन गर्दै निजी क्षेत्र र सरकार बीचको सम्बन्ध सुमधुर बनाउदै समृद्ध राष्ट्र निर्माणमा संघ सँगसँगै अघि बढ्ने बताउनुभयो । उनका अनुसार पछिल्लो समय युवाहरुमा विदेश पलायनको संख्या बढ्दो छ । युवाव्यवसायीहरु विदेशीदा व्यवसाय धारासायी बनेको छ । युवाहरूलाई विदेशीनाबाट रोेक्न राज्यले विशेष कदम चाल्नुपर्ने श्रेष्ठले सुझाव दिनुभयो । उहाले भन्नुभयो ःयुवाहरू देशभित्र नै रहेर उद्यम गर्न थालेमा उत्पादनशीलता बढ्छ, बेरोजगारी घट्छ, र राष्ट्रिय आयमा वृद्धि हुनाले सुखि नेपाल समृद्ध नेपालको अभिभारा पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।
होटेल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका महासचिव गणेश बेल्बासेले व्यवसायीहरुको हकहित अधिकार सम्बर्द्धन गर्न नितिगत लडाई लड्न संस्थाहरु एकजुट भएर लाग्न आग्रह गर्नुभयो । होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष अर्जुन थापाले व्यवसायीहरूको आर्थिक सुरक्षालाई सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको औल्याउनुभयो।
नेकपा माओवादि केन्द्र सैनामैना नगर अध्यक्ष मान बहादुर महतले नगरपालिकाले सैनामैनामा टुरिजम क्षेत्र घोषणा गरेर रात्रिकालिक व्यवसायी संचालन गर्नुपर्ने बताउनुभयो ।
लुम्बिनी आउने पर्यटकको बसाइँको अवधि बढाउन सैनामैनाका पर्यटकिय क्षेत्रलाई प्रबर्द्धन गर्न होटेल व्यवसायी र पालिकाले पर्यटन निति अवलम्बन गरेर आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउन अघि बढ्नुपर्ने सुझाव दिनुभयो।
छैठौं वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघका सह-कोषाध्यक्ष नरबहादुर थापाले आर्थिक बर्ष २०८१/०८२ मा ७ लाख ६८ हजार ५ सय ६० रुपैयाँ आम्दानी र ७ लाख ५६ हजार ३ सय ४२ रुपैयाँ खर्च भएको प्रतिबेदन प्रस्तुत गरेका थिए । साथै हाल १३ हजार ५ सय ७२ रुपैयाँ बैंक खातामा मौज्दात रहेको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
होटेल व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष माया के.सि स्वागत तथा महासचिव गोविन्द खरेलको संचालनमा साधारणसभा सम्पन्न भएको थियो ।
कार्यक्रममा संघका पदाधिकारी, व्यवसायी, स्थानीय प्रतिनिधि तथा पर्यटन क्षेत्रका सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।