
उपकार अनलाइन, सैनामैना ।
कपिलवस्तुको वाणगंगा नगरपालिका–४ मा पार्किङ गरिएको एक इलेक्ट्रिक स्कुटरमा अचानक आगलागी भएको छ । सोमवार दिउसो करिव साढे ४ वजेको समय तिर स्कुटरमा स्ककासी आगो लागेको थियो ।
आगलागीबाट स्कुटर पूर्ण रूपमा जलेर नष्ट भएको छ । प्रारम्भिक अनुमान अनुसार ब्याट्री सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, यथार्थ कारण बारे अनुसन्धान पछि जानकारी हुने छ । तर पछिल्लो समय इलेक्ट्रिक गाडीहरुमा आगो लागेको खवर भने कपिलवस्तुमा मात्र नभएर अन्य जिल्लाहरुमानि आइरहेका छन् ।