रुद्रपुर सामुदायिक वनद्वारा एसईईमा उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान तथा खुला जिम उद्घाटन

विमल गैरे सैनामैना ।
रुद्रपुर सामुदायिक वन उपभोक्ता समूह कन्चन ४ गरगरेले सोमबार विशेष कार्यक्रमको आयोजना गरी माध्यमिक शिक्षा परीक्षा एसईई २०८१ मा ३.६१ जिपिए भन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीहरुलाई जिपिएका आधारमा जनही १५ हजार १० हजार र ५ हजार नगदसहित सम्मान गरिएको छ ।

रुद्रपुर सामुदायिक बन क्षेत्रमा पर्ने सामुदायिक र सस्थागत विद्यालयका करिव २४ जना विद्यार्थीहरुलाई नगद सहित सम्मान गरेको सामुदायिक वनका अध्यक्ष हिमाल थापाले जानकारी दिनुभयो । थापाले शिक्षा मेरो लागि सबै भन्दा महत्व दिने क्षेत्र हो। म रुद्रपुर सामुदायिक बन को अध्यक्ष भए देखि कसरी यहाँका युवा महिला‌ समुह लाई वढी भन्दा वढी शिक्षा सँग जोडेर मेरो बन मेरो भबिष्य  बनाउन सकिन्छ भनेर बन सँग  जोडिएका टोल वडा का युवाहरुलाई उधमी तथा व्यवसायी सँग जोड्ने प्रयत्न गर्न कोसिस बेकरि , बारिष्टा तालिम जस्ता थुप्रै युवा महिला हितका कार्य हरु अगाडि वढाएको वताउनु भयो । यस्तै मेरो बन मेरो आम्दानी बनाउन हाम्रो टिमले देउराली बनबाटिका लाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न कार्यक्रम अन्तरगत आवश्यक पुर्वधार तथा वाल उधान पिकनिक स्थल ताल मा बोटिङ्ग बनाउने काम गरेउ भन्नु भयो । अध्यक्ष थापा ले मेरो बन‌ सफा बनाउन समेत जहा फोहोर गरे सजाय स्वरुप रकम लाग्छ लेखेको ब्यानर थियो ।
त्यो ठाउ चिसापानी वुटवल सडक नजिक खुल्ला व्यायम जिम गर्न ठाउको रुपमा विकास गरेका छौ । थापाले भन्नुभयो ।

त्यसैगरी वन क्षेत्र अन्तर्गत रहेका विद्यालयहरूलाई गर्मीको वेला एकदमै समस्या को रुपमा रहेकोले ४ वटा रुद्रपुर सामुदायिक वन सँग जोडिएका ४ वटा विध्यालय लाई ४०र४० वटा भित्ते पंखा तथा विशेष रुपमा जोडिएका ५ विध्यालय हरु लाइ २८ र २८ प्रत्येक विध्यालय लाई भित्ते पंखा गरि ३०० पंखा वितरण गरि रुद्रपुर सामुदायिक बन सँग शिक्षा र विध्यालय जोड्ने प्रयास गरेका छौ। आमा समूहहरूलाई आवश्यक पर्ने कुर्चिहरु वितरण ‌गरिएको समेत कार्यक्रममा जानकारी दिनु भयो। सोहि अवसरमा कार्यालय परिसर, देउराली वाटिका र चिसापानी खुला जिमको समेत समुद्घाटन गरिएको छ ।

कार्यक्रममा कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल बोल्दै समाज परिबर्तन मा शिक्षा को महत्व वुझेर मात्र हुदैन यसलई कार्यान्यन गर्न काम कञ्चन गाउँपालिका का साझेदार संस्था हरुले देखाएको अग्रसरता ले परिवर्तन संम्भव छ भन्ने प्रमाणित बनाउदै गएको छ। शिक्षा क्षेत्र को समग्र विकास मा शिक्षक अभिभावक बिध्यालय व्यवस्थापन समिति सामाजिक संघ संस्था आमा समुह कल्ब स्थानिय ले जब अपनत्व लिन्छन त्यस विध्यालयको रिजल्ट पनि सुध्रेको छ र विध्यार्थि संख्या पनि बढेको छ । साथै हामि कञ्चन गाउँपालिका लाई शिक्षा र पर्यटनको हब को रुपमा विकास गर्न लक्ष्य लिएका छौ। शिक्षामा गत वर्ष पनि पालिका को तर्फ वाट उत्कष्ट स्थान हासिल गरेका‌ थियौ र यो बर्ष पनि हासिल‌गरेका छौ यहि ढंग वाट यहाँ ‌का‌ स्थानिय संघ संस्था सरोकार वाला सबै को साथ वाट देशमै कञ्चन गाउँपालिका लाई‌ चिनाउन सफल हुने विश्वास लिनु भएको थियो । फरक विषयमा बोल्दै कञ्चन गाउँपालिका को पनि आफ्नै परिक्षा लिजा मा २०७९ मा ५५.५ प्रतिशत अंक बाट २०८० मा ७३.८७ र गत‌ बर्ष मात्र ८८ प्रतिशत अंक लिएको बताउनु भयो भने निरन्तर रुपमा पालिका को रुपन्देही जिल्ला मा सबै भन्दा कम‌बेरुजु आउने पालिका बनाउन सफल रहेको बताउनु भयो‌ यो सबै कञ्चन गाउँपालिका बासि आमा बुवा दाजु भाई दिदि वहिनि हरुको‌कारण ले‌ सम्भव भएको हो यसको लागि सबै मा हार्दिक धन्यवाद समेत दिन चाहान्छु । चुनाव मा आफ्नो एक सुत्रिय संकल्प भुमिहिन सुकुम्वासि भुमिहिन दलित र अव्यवस्थित बसोबासी हरुको हातमा लालपुर्जा वितरण गर्न म त्यो कुरा मा पुर्ण प्रतिवद रहेको छु ४५० लालपुर्जा वितरण भयो यो सुरुवात सुरुवात मात्र हो। अझै हजारौ लालपुर्जा बनाउनु पर्न छ म यो विषयमा स्पष्ट छु म गर्छु भन्नु भयो ।

विध्यार्थी भाई बहिनि हरुलाई आफु अनुसासित लगनशिल र मेहनत गरि वाकि अध्ययनको लागि लाग्न समेत भन्नु भयो । आवश्यक परे सम्झनु होला हामि पालिका ले गर्न सक्ने गर्छौ भन्नु भयो । यस्तो कार्यक्रमले सामुदायिक वनले शिक्षा तथा समुदाय विकासमा समेत सक्रिय भुमिका खेलेको स्पष्ट देखाएको छ भन्नु भयो।

उपाध्यक्ष मौसमी थापा मगर सामुदायिक वनको सकारात्मक योगदानको प्रशंसा गर्नुभएको थियो । उहाँहरुले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र महिला सशक्तिकरणमा वन उपभोक्ता समूहले खेलेको भूमिकालाई सराहना गर्दै आगामी दिनमा समेत यस्ता कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कञ्चन गाउँपालिका को प्रवक्ता चित्र लाल तुलाचन ले समाज परिबर्तन तब सम्भव छ जब आमा बुवा जाग्नु हुन्छ। आफु आबद्द संस्था जगाउनु हुन्छ आफ्नो भन्दा बच्चा को भबिष्य मा आफुलाई खोज्नु हुन्छ, तव परिबर्तन सम्भव छ। यस रुद्रपुर सामुदायिक बन का अध्यक्ष हिमाल थापा र उहाँ को टिमले प्रमाणित‌ गर्नुभयो ‌आमा समुह कल्ब टोल विकास ‌संस्थाले विध्यार्थी तथा शिक्षक हरुलाई सम्मान तथा आवश्यक सामाग्री वितरण गरेको देख्दा आफु हर्ष बिभोर भएको कुरा बताउनु भयो। प्रवक्ता तुलाचनले शिक्षा त्यो शक्ति हो जहा जहिले पनि जुनै क्षेत्र मा पनि अर्थपुरण काम लाग्छ । त्यसै ले सम्मानित हुने भाई बहिनि तथा पास हुनु भएका र पुरक परिक्षा दिन तयारी अवस्थामा रहेका विध्यार्थी साथि हरु तपाई आफ्नो आमा बुवा ले खोज्दा भेटिने हुनुपर्छ। अभिभावकले खोज्दा चौकि र सुधार केन्द्र होइन। तपाई तपाई को प्रगति तपाई को भबिष्य र अभिभावक ले तपाई को सपना साकार गर्न गरेको त्याग‌को मापन गर्दै भबिष्य बनाउन लागेको भेट्नु पर्छ। विध्यार्थी हरुलाई उदाहरण दिदै हाम्रै कञ्चन गाउँपालिका को रुद्रपुर मा वि का पुर्व विध्यार्थी गोल्ड मेडलिस्ट डा। सुमन आचार्य पनि यहि भुमिको हाम्रै दाजुभाई हुनुहुन्छ प्रवक्ता चित्र लाल तुलाचन ले गर्व गर्नु भयो। रुद्रपुर सामुदायिक बन ले गरेको कार्य को सकारात्मक ढंग बाट प्रसंसा गर्नुभयो ।

रुद्रपुर सामुदायिक वनका अध्यक्ष हिमाल थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि कन्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल, विशिष्ट अतिथि उपाध्यक्ष मौसमी थापा, वडा न। ४ अध्यक्ष केशर बहादुर क्षेत्री

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation