कला र संस्कृतिको संरक्षणमा समर्पित सैनामैनामा लाखे नाच श्रावण २४ गते

विमल गैरे, सैनामैना ।
कला र संस्कृतिको पहिचान, संरक्षण र प्रवद्र्धन हाम्रो अभियान भन्ने मूल नारासहित श्री नेवाः पूच पर्रोहा, सैनामैनाको आयोजनामा लाखे नाच २०८२ कार्यक्रमको आयोजना हुने भएको छ ।

श्री नेवाः पूच पर्रोहा, सैनामैनाले प्रत्येक वर्ष मौलिक पहिचान बोकेको लाखे नाच प्रस्तुत गर्दै आएको छ । यस वर्षको कार्यक्रमका लागि श्रावण २४ गते शनिबार, साँझ ५ः०० बजे सैनामैना–४ स्थित लुम्बिनी गेट अगाडि स्थान तय गरिएको छ आयोजकले जनाएको छ ।

कार्यक्रममा स्थानीय सांस्कृतिक झाँकी, नेवारी बाजागाजा र लाखे नाचमार्फत दर्शकहरूलाई सांस्कृतिक अनुभूतिको अनुपम अवसर प्रदान गरिने आयोजक समितिको भनाइ छ । श्री नेवाः पूच परोहाले यस कार्यक्रममार्फत युवा पुस्तामा मौलिक कला र संस्कृतिप्रति आकर्षण जगाउने र यसको संरक्षणमा सबैको साथ, सहयोग र सहभागिता अपेक्षा गरेको छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation