बौद्धिक अपाङ्गता सेवा केन्द्रमा इनर ह्वील क्लबको विभिन्न सामग्री हस्तान्तरण

विमल गैरे, सैनामैना ।
बौद्धिक अपाङ्गता सेवा केन्द्र, सैनामैनामा अध्ययनरत विद्यार्थीहरूलाई इनर ह्वील क्लब अफ सैनामैनाले सरसफाइका विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ ।

क्लवकी अध्यक्ष दुर्गामाया श्रेष्ठकी छोरी ईश्मारिका श्रेष्ठ तथा क्लबका सदस्यहरू विष्णुमाया गौतम र लक्ष्मी गौतमको जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा टावेल, १६ पिस सेनेटरी प्याड, साबुन, नेल कटर, कपाल बाँध्ने रबर, ट्वाइलेट क्लिनर, बिस्कुट, फ्रुटी तथा ठूलो साइजको ऐना लगायतका सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा इनर ह्वील क्लब अफ सैनामैनाकी वर्ष २०२५/२६ अध्यक्ष तथा सैनामैना वडा नं. ८ की वडा सदस्य दुर्गामाया श्रेष्ठले विभिन्न समयमा वडाबाट शैक्षिक सामग्री र खेलौना वितरण गर्दै आएको र यसपटक इनर ह्वील क्लबबाट सरसफाइ सामग्री उपलब्ध गराएको बताउनुभयो । उहाले आफ्नो छोरी इश्मारीका र कल्वका दुइ सदस्य विष्णुमाया र लक्ष्मीको जन्मदिनको अवसरमा क्लवले यी सामाग्री हस्तान्त्रण गरेको बताृनुभयो । क्लव सधै सामाजिक कार्यमा लाग्ने र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

यस अवसरमा सेवा केन्द्रका अध्यक्ष शिवलाल पोखरेलले संस्थाको स्थापना भैलो खेलेर गरिएको स्मरण गर्दै अघिल्ला वर्षहरूमा बुटवलबाट सञ्चालन हुँदै आएको संस्थाले हाल सैनामैना नगरपालिकाबाट वार्षिक तीन लाख रुपैयाँ प्राप्त गर्दै आएको जानकारी दिनुभयो । उहाले नगरपालिका भन्दा पनि यस्तै किसिमका विभिन्न संस्थाहरूको सानो–सानो सहयोगले केन्द्र सञ्चालन भइरहेको बताउँदै इनर ह्वील क्लबको सहयोगप्रति धन्यवाद व्यक्त गनुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष दिपिका शर्माले सैनामैना नगरपालिका लगायत सरकारी निकायले पर्याप्त ध्यान नदिएको तर यस्ता सामाजिक संस्थाले निरन्तर सहयोग पुर्‍याइरहेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation