तिनाउ पश्चिम वितरक संघको तीज मिलन तथा पारिवारिक भेटघाट कार्यक्रम सम्पन्न

उपकार अनलाइन, सैनामैना । तिनाउ पश्चिम वितरक संघले आयोजना गरेको तीज मिलन तथा पारिवारिक भेटघाट कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । नेपाली नारीहरूको महान् पर्व हरितालिका तीजको अवसरमा आयोजित कार्यक्रममा संघका सम्पूर्ण सदस्य, परिवारजन तथा शुभेच्छुकहरूको मौलिक प्रस्तुतिले कार्यक्रमलाई विशेष रौनकता दिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको रुपमा जेष्ठ नागरिक रुपादेवी सुवेदी रहनुभएको थियो भने अन्य जेष्ठ अभिभावकहरू कुलानन्द बेल्बासे, गोमा बेल्बासे र जनकलाल अर्याल लगायत विशिष्ट अतिथि रहनुभएको थियो । सस्थाले तीज मिलन तथा पारिवारिक भेटघाट कार्यक्रमकै अवसर पारेर जेष्ठ नागरिकहरुलाई सम्पान समेत गरेको छ ।

कार्यक्रमको उद्घाटन सत्रमा संघका उपाध्यक्ष शोभाखर बेल्बासेले स्वागत मन्तव्य राख्दै तीज जस्तो सांस्कृतिक पर्वले आपसी भेटघाट, मेलमिलाप र आत्मीयता बढाउने बताउनुभयो । लेखा समिति संयोजक होमनाथ सुवेदीले शुभकामना मन्तव्य दिँदै संघको क्रियाकलापप्रति शुभेच्छा व्यक्त गर्नुभयो ।

संघका अध्यक्ष नरेश न्यौपानेले उपस्थित सम्पूर्ण दाजुभाइ–दिदीबहिनी, सदस्य तथा परिवारजनप्रति आभार व्यक्त गर्नुभयो । उहाँले संघले निरन्तर गर्दै आएको व्यापारी जागरण अभियान, भलाइ कोषसँगको सहकार्य, विभिन्न अन्तरक्रिया कार्यक्रम र सामाजिक गतिविधिहरूलाई उल्लेख गर्दै संघलाई अझ मजबुत बनाउन सबैको निरन्तर साथ आवश्यक रहेको बताउनुभयो । साथै, तीन वर्षे छोटो यात्रामा संघले उल्लेखनीय उपलब्धि हासिल गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा अझ ठूलो लक्ष्य हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
अध्यक्ष न्यौपानेले विगत तीन वर्षमा सम्पन्न गतिविधिहरू व्यापारी जागरण कार्यक्रम, बैंकहरूसँगको व्यापारी बनभोज, तीज मिलन, लुम्बिनी साना मजौला दुवानी सेवासँग अन्तरक्रिया, पोखरामा भएको उद्योग भ्रमण तथा भलाइ कोषसँगको संस्थागत सम्झौता जस्ता गतिविधिहरूको स्मरण गर्दै संघ केवल व्यापारिक क्षेत्रमै नभई सामाजिक, सांस्कृतिक र ज्ञानवर्धक क्षेत्रमा समेत सक्रिय रहेको स्पष्ट पार्नुभयो।

संघका अध्यक्ष नरेश न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रम संयोजन बजार अनुगमन समितिका संयोजक गोपाल भण्डारीले गर्नुभएको थियो । कार्यक्रम महासचिव विक्रम अर्यालको सहजिकरणमा सम्पन्न भएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation