शान्ति र संयमपूर्वक समाधान खोज्न राष्ट्रपतिको अपिल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीको प्रदर्शनमा १९ जनाको ज्यान जाने गरी भएको घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति र संयमपूर्वक समस्याको समाधान खोज्न अपिल गर्नुभएको छ ।

गएराति प्रेस नोट निकालेर उहाँले निधन भएका नागरिकका परिवारप्रति गहिरो समवेदना र सहानुभूति व्यक्त गर्दै घाइतेहरुको शीघ्र उपचारका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation