श्री दर्लामीको नेतृत्वमा शान्तिदिप युवा क्लबको नयाँ कार्यसमिति गठन

सैनामैना । सैनामैना नगरपालिका वडा नं.३ स्थित शान्तिदिप युवा क्लबको हालै सम्पन्न दोस्रो साधारण सभा तथा पहिलो अधिवेशनले श्री दर्लामीलाई अध्यक्ष चयन गर्दै ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा गठन गरेको छ। नयाँ नेतृत्वले खेलकुद र युवा सशक्तिकरणलाई प्राथमिकता दिने घोषणा समेत गरेको छ।

अधिवेशनले उपाध्यक्षमा शम्भु थापा, महिला उपाध्यक्षमा सुमित्रा पौडेल, सचिवमा देवबहादुर थापा, कोषाध्यक्षमा रेशम पुन र सहसचिवमा मिलन कार्कीलाई चयन गरेको छ। त्यस्तै सदस्यमा रोशन खप्तरी, अरुण पुन, अनिल क्षेत्री, अमन चौधरी, शिशिर खत्री र सागर सिरिस मगरलाई चयन गरेको छ।

यसैगरी, अधिवेशनले कृष्ण भण्डारी, हेमचन्द्र खराल, हेमबहादुर घर्ती, सविर अर्याल, प्रेम बुढाथोकी र लालु सूर्यवंशीलाई सल्लाहकारमा मनोनित गरेको छ।

कार्यक्रममा बोल्दै वडा नं. ३ की जनप्रतिनिधि तथा सैनामैना नगरपालिका कार्यपालिका सदस्य मिरा क्षेत्रीले क्लबको विगतका योगदानको प्रशंसा गर्दै आगामी दिनमा निरन्तर साथ र सहयोग रहने बताउनुभयो। युवाहरूले खेलकुद, शिक्षा र सामाजिक अभियानमार्फत समाजलाई सकारात्मक दिशातर्फ अघि बढाउनुपर्नेमा जोड दिदै उहाँले नयाँ नेतृत्वलाई शुभकामना सहित सक्रियता नै समाज परिवर्तनको आधार हुने बताउनुभयो ।

पर्रोहा बहुमुखी क्याम्पसका प्रमुख हेमचन्द्र खरेलले क्लबको वार्षिक कार्ययोजना प्रभावकारी बनाउन सुझाव दिँदै संस्थागत सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो

नवनिर्वाचित अध्यक्ष श्री दर्लामीले युवालाई अवसर प्रदान गर्ने र खेलकुदलाई विशेष प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्दै क्लबलाई समाजमा छुट्टै पहिचान दिलाउने गरी काम गर्ने बताउनुभयो। निवर्तमान अध्यक्ष नेत्र थारुले आफ्नो कार्यकालका गतिविधि र उपलब्धिहरूको बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation