
सैनामैना । Rising Leaders for a Changing World भनिने युवा नेतृत्वको पहिचान बोकेको जेसीज सैनामैनाले जेसीज सप्ताहको अवसरमा वृक्षारोपण तथा बोटविरुवा संरक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।

“मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो” भन्ने मूल मन्त्रसहित आयोजित कार्यक्रमले स्थानीय स्तरमा वातावरण संरक्षणको सन्देश प्रभावकारी रूपमा फैलाएको छ । सैनामैना नगरपालिका वडा नं. ४ स्थित सैनामैना फुटबल रंगशाला परिसरमा आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बोटविरुवा रोपिने मात्र नभई तिनको दीर्घकालीन संरक्षणका लागि विशेष योजना पनि सार्वजनिक गरिएको थियो । यस अभियानमा सैनामैना नगरपालिका, सैनामैना नगरपालिका वडा नं. ४ कार्यालय, मुर्गिया फुटबल क्लब तथा सैनामैना नगर खेलकुद समितिको प्रभावकारी समन्वय रह्यो ।

समन्वयकारी संस्थाहरूले “It’s our time to lead” भन्ने जेसीजको भावना आत्मसात गर्दै सामूहिक रूपमा वातावरणमैत्री शहर निर्माणमा हातेमालो गरे । कार्यक्रम मार्फत ‘Rise Together for Better Tomorrow’ भन्ने सन्देशलाई व्यवहारमा उतार्ने प्रयाससँगै सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्मा, वडा नं. ४ का अध्यक्ष राम प्रसाद अधिकारी, वडा सदस्यहरु, स्थानीय युवा, खेलकर्मी, समाजसेवी तथा समुदायका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता थियो ।

सैनामैना जेसीज २०२५ का अध्यक्ष गोविन्द खरेलका अनुसार जेसीज सप्ताह कार्यक्रम अन्तरगत दोस्रो दिन वृक्षारोपण अभियान गरेको जनाउदै भोलिको पुस्तालाई स्वस्थ, सुरक्षित र हरियाली वातावरण हस्तान्तरण गर्ने लक्ष्य लिइए उपकार अनलाईनलाई जानकारी दिनुभयो ।















