
सैनामैना । रूपन्देहीको सैनामैना क्षेत्रमा पहिलोपटक ‘सैनामैना रैथाने सडक खाना महोत्सव २०८२/८३’ आयोजना हुने भएको छ। सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा हुने उक्त महोत्सवले स्थानीय खानाका परिकारलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।
महोत्सव २०८२ साल चैत २९, ३० र २०८३ बैशाख १ गते ३ दिन सम्म सञ्चालन हुने छ। मेला सैनामैना नगरपालिका–४ अन्तर्गत लुम्बिनी रोड, मुर्गियामा आयोजना गरिने तय गरिएको छ।
महोत्सवमा सहभागी हुन चाहने व्यवसायीहरूका लागि स्टल बुकिङ खुला गरिएको छ। स्टल दर्ता चैत ६ गतेदेखि १५ गतेसम्म हुने आयोजकले जानकारी दिएको छ। स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई प्राथमिकता दिइने जनाइएको छ।
यस महोत्सवले सैनामैनाको मौलिक खाना, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, स्थानीय उत्पादन र परिकारलाई बजारमा पहिचान दिलाउने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र साना व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघकी अध्यक्ष माया केसीको भनाइ छ।
थप जानकारीका लागि
९८५११२२८१७, ९८६७०७०८१३, ९८४७१४९४२७













