सैनामैनामा रैथाने सडक खाना महोत्सवमा स्थानीय प्रतिभालाई विशेष अवसर

सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका–४, मुर्गियामा ‘सैनामैना रैथाने सडक खाना महोत्सव २०८२ ८३’ आयोजना हुदैछ । सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा हुन लागेको महोत्सव २०८२ चैत्र २९, ३० र २०८३ बैशाख १ गते सञ्चालन हुने जनाइएको छ।
महोत्सवमार्फत स्थानीय परिकारको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

“साँझको एक छाक, सैनामैना होटल व्यवसायी माझ” भन्ने नारासहित आयोजना हुने कार्यक्रममा विभिन्न रैथाने खानाका परिकारहरू प्रदर्शन तथा बिक्री गरिनेछ। त्यसैगरी, महोत्सवमा ‘प्रतिभा सम्मान’ कार्यक्रम पनि समावेश गरिएको छ। स्थानीय स्तरका उदाउँदा प्रतिभाहरूलाई मंच प्रदान गर्न गायन, नृत्य, नाटक तथा कविता वाचन लगायतका प्रस्तुति राखिने आयोजकले जनाएको छ।

सांस्कृतिक कार्यक्रम संयोजक विष्णु सापकोटाले इच्छुक कलाकारहरूलाई कार्यक्रममा सहभागिताका लागि सम्पर्क गर्न आग्रह गरेका छन्।
आयोजकका अनुसार महोत्सवले स्थानीय संस्कृति, कला र खानालाई उजागर गर्दै आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

थप जानकारीका लागि
९८५७०७१८७५, ९८४३४५४५९०, ९८५७०७०८१३

May be an image of text that says 'सेંનાमેના: "साभको एक छाक, सैनामैना होटल व्यवसायी माक" सडक खाना បបស सैनामैना चैथाने เซ้ลง ម្ាត केल्ोची y ទបា្្ मडक खाना २०८२/८३ महोवसव स्थान: सैनामैना-8 8, लुम्बिनी रोड, मुर्गिया, रुपन्देही मिति:२०८ मिति: શ०८શ चैतर શ, 30 ३०र र २०८३ૂ बैशाख 9 गते प्रतिमा सम्मान "हाम्रो यसै क्षेत्रका उदायमान प्रतिभाहरुका लागि मऊ्च प्रदान गरिने हूँदा सम्पूर्ण गायन, नृत्य, नाटक, कविता वाचन वा संयुक्तक प्रस्तुतिका लागि सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गर्ददौं। सम्पर्क नं. १८२७०७१७५, 98388980 सांस्कृतिक कार्यत्रम संयोजक: विष्णु सापकोटा र १८१७०७०३ इुस्टरेठ्ट एयमराय्ी মথ্া ম 告 高量 เล่่ स्थ्या: २०৩৮ आयोजक: सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ सैनामैना, रुपन्देही'

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation