‘प्रमाण दिइसकेँ’ भन्ने दाबी, तर प्रमाण कहाँ हरायो ? किन सार्वजनिक भएन ?

सैनामैना । सार्वजनिक रूपमा पत्रकारमाथि गम्भीर आरोप लगाएपछि सैनामैना-४ निवासी जानकी शर्मा अहिले आफुले “प्रमाण दिइसकेको” दाबी गर्दै आएकी छन् ।

गत फागुन २९ गते सम्पन्न सैनामैना नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा शर्माले केही पत्रकारहरूले आफूलाई पैसाको बार्गेनिङ गरेको आरोप लगाएकी थिइन्। उक्त आरोपपछि उनले चैत ७ गते पत्रकार सम्मेलनमार्फत प्रमाण सार्वजनिक गर्ने जानकारी दिएकी थिइन्।

तर निर्धारित समयमा कुनै प्रमाण सार्वजनिक भएन। त्यसपछि यसै क्षेत्रमा स्थापना गरिएको गौतम बुद्ध प्रेस क्लबले चैत ९ गते विज्ञप्ति जारी गर्दै स्पष्ट चुनौती दियो- “प्रमाण देखाऊ, नत्र माफी माग।”

विज्ञप्ति सार्वजनिक भएको तीन दिन बितिसक्दा पनि शर्माले औपचारिक रूपमा कुनै प्रमाण प्रस्तुत गरेकी छैनन्। बरु सामाजिक सञ्जालका कमेन्टहरूमा भने उनले “नाम र रकमसहित जानकारी दिइसकेको” दाबी दोहोर्‍याइरहेकी छन्।

यहीँबाट मुख्य प्रश्न उठेको छ ।
यदि प्रमाण दिइसकेको हो भने त्यो कहाँ गयो ?
किन सार्वजनिक रूपमा पेश गरिएन ?
कसलाई दिइएको भनिएको प्रमाण किन बाहिर आएन ?

स्थानीयस्तरमा अहिले व्यापक चर्चा छ कि प्रमाण साँच्चै अस्तित्वमा छ कि छैन, वा आरोप लगाएर पछि हट्ने रणनीति अपनाइएको हो।

पत्रकारजस्तो संवेदनशील पेशामाथि यस्ता गम्भीर आरोप लगाएर प्रमाण नदेखाउनुले विषयलाई अझै शंकास्पद बनाएको छ। अब सबैको नजर जानकी शर्मातर्फ छ ।
प्रमाण सार्वजनिक हुन्छ, कि अन्ततः आरोपमै सीमित रहनेछ ? किन सार्वजनिक रुपमा प्रमाण पेश गरिनन् । यो पनि संकाको विषय वनिरहेको छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation