
विमल गैरे, सैनामैना ।
रूपन्देहीको सैनामैना मा “रैथाने सडक खाना महोत्सव २०८२/८३” आयोजना हुने भएको छ। मौलिक स्वाद, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनको संगमका रूपमा आयोजना हुन लागेको यस महोत्सवले स्थानीय परिकारको प्रवर्द्धनसँगै दर्शकलाई भरपुर मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
महोत्सवमा चर्चित र्यापर VYOMA (भीयोमा) को विशेष प्रस्तुति रहनेछ भने राष्ट्रिय लोकदोहोरी कलाकारहरू श्याम राना र सम्झना भण्डारी ले दर्शकलाई लोक संगीतको स्वाद चखाउनेछन्। त्यसैगरी हास्य कलाकार तथा गायक उज्ज्वल गिरी, गायिका विष्णु शेर्पाली को प्रस्तुति पनि आकर्षणको केन्द्र रहने आयोजकले जनाएको छ।
महोत्सवमा चर्चित मोडलहरूको बेजोड नृत्य प्रस्तुति समेत रहनेछ। साथै, विभिन्न स्थानका मौलिक तथा परम्परागत परिकारहरूको स्टलहरू रहने भएकाले आगन्तुकले स्वादिष्ट रैथाने खानाको मज्जा लिन सक्नेछन्।
घुमौ सैनामैना रमौ सैनामैना, सैनामैनाको मौलिक स्वाद, संस्कृतिक र परम्पराको साथ भन्ने मुल नारारहेको सैनामैना रैथाने सडक खाना महोत्सव यहि चैत्र २९, ३० र २०८३ बैशाख १ गते सैनामैना ४, मुर्गिया, लुम्बिनी रोडमा लाग्दै छ । सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको आयोजना, मुर्गिया फुटबल क्लव, सैनामैना व्यापार संघ, सैनामैना उद्योग वाणिज्य संघ, चलचित्र पत्रकार संघ रुपन्देहीको सह आयोजना रहेको महोत्सवको सैनामैना नगरपालिका रुपन्देही संरक्षक रहेको छ ।
स्थानीय पर्यटन प्रवर्द्धन, सांस्कृतिक संरक्षण र मनोरञ्जनलाई एकैसाथ जोड्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आयोजकले सबैमा हार्दिक निमन्त्रणा गरेको छ।











