
विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आगामी निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ। सैनामैना नगरपालिका–४ मा रहेको संस्थाले कार्यतालिका अनुसार मनोनयन दर्ता सम्पन्न भएपछि उम्मेदवारको अन्तिम सूची प्रकाशन गरेको हो।
अध्यक्ष पदका लागि नेत्र थापा, देविदत्त सुवेदी र लाल बहादुर रावल बीच प्रतिस्पर्धा हुने भएको छ। उपाध्यक्ष पदमा बसन्ता रेम्मी क्षेत्री, गीता अधिकारी र रमादेवी उपाध्याय पौडेल उम्मेदवार रहेका छन्।
यसैगरी सचिव पदमा लक्ष्मी श्रेष्ठ, मोहनकुमार सिंजाली र निर्मल राज पौडेल चुनावी मैदानमा उत्रिएका छन् भने कोषाध्यक्ष पदमा विष्णु कुमारी थापा, कृष्ण कला काफ्ले र राधा पौडेल प्रतिस्पर्धामा छन्।
सह–सचिव पदका लागि सरिता घिमिरे आचार्य, छविलाल रेम्मी, छविलाल पन्थ र माधव प्रसाद पौडेल उम्मेदवार रहेका छन्।
खुला सदस्य पदमा ९ जना उम्मेदवार रहेका छन् भने महिला सदस्य पदमा १० जनाको उम्मेदवारी परेको छ। त्यस्तै आदिवासीरजनजाति महिला सदस्यमा सुमित्रा थापा र तुलसी बुढा तथा दलित महिला सदस्यमा फूलमाया विक र शान्ता सुनार उम्मेदवार रहेका छन्।
लेखा समितितर्फ संयोजक पदमा भिख्खु प्रसाद चौधरी, रामकृपाल थारु र श्रीकृष्ण गौतम उपाध्याय प्रतिस्पर्धामा छन् भने सदस्य पदमा राम बहादुर खत्री र राधेश्याम नाउँले उम्मेदवारी दिएका छन्। महिला सदस्यतर्फ विष्णु कुमारी शर्मा ज्ञवाली, रुपा खत्री र दिलकुमारी कुवर (लक्ष्मी) उम्मेदवार रहेका छन्।
संस्थाको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढेसँगै स्थानीय स्तरमा चुनावी सरगर्मी बढेको छ। उपभोक्ताहरूले सक्षम, पारदर्शी र उत्तरदायी नेतृत्व चयन गर्ने अपेक्षा गरेका छन्।












