
विमल गैरे, सैनामैना ।
मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, सैनामैना–४ मुर्गीयाको सातौँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन प्रक्रियामा बसन्ता रेग्मी क्षेत्रीले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
उम्मेदवारी घोषणा गर्दै क्षेत्रीले खानेपानी तथा सरसफाइ व्यवस्थालाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने आफ्नो मुख्य लक्ष्य रहेको बताएकी छन्। उनले संस्थाको सेवा प्रवाह सुधार गर्दै उपभोक्ताको विश्वास जित्ने प्रतिबद्धता व्यक्त गरिन्।
“हाम्रो क्षेत्रको खानेपानी तथा सरसफाइ व्यवस्थालाई अझ सुदृढ बनाउँदै सबै उपभोक्तालाई सहज सेवा उपलब्ध गराउने मेरो प्राथमिकता हुनेछ,” उनले भनिन्।
संस्थाका ४६८६ उपभोक्तालाई सम्बोधन गर्दै क्षेत्रीले यस महत्वपूर्ण जिम्मेवारीका लागि आफ्नो उम्मेदवारीप्रति अमूल्य मत, साथ, सहयोग र समर्थनको अपेक्षा गरेकी छन्।
उनको उम्मेदवारीसँगै मुर्गिया खानेपानीको नेतृत्व चयन प्रक्रिया थप सक्रिय बन्दै गएको छ भने उपभोक्ताबीच नयाँ नेतृत्वप्रति चासो बढिरहेको छ।












