मुर्गिया खानेपानीमा लक्ष्मी श्रेष्ठको सचिवमा स्वतन्त्र उम्मेदवारी, उपभोक्तासँग सहयोगको अपेक्षा

विमल गैरे, सैनामैना ।
मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, सैनामैना–४ मुर्गियाको सातौँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि लक्ष्मी श्रेष्ठले सचिव पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन्।

उपभोक्ताको तर्फबाट उम्मेदवारी दिएको उल्लेख गर्दै श्रेष्ठले संस्थालाई पारदर्शी, उत्तरदायी र उपभोक्तामैत्री बनाउने आफ्नो लक्ष्य रहेको बताएकी छन्।

“खानेपानी सेवा सुधार र प्रभावकारी व्यवस्थापनका लागि जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता राखेको छु,” उनले भनिन्। श्रेष्ठले मुर्गिया खानेपानीका सम्पूर्ण उपभोक्तासँग पूर्ण साथ, सहयोग तथा सुझावको अपेक्षा राख्दै आफूलाई समर्थन गर्न आग्रह गरेकी छन्।

उनको स्वतन्त्र उम्मेदवारीसँगै सचिव पदको प्रतिस्पर्धा थप रोचक बनेको छ भने उपभोक्ताबीच सक्षम नेतृत्व चयनप्रति चासो बढ्दै गएको देखिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation