
विमल गैरे, सैनामैना । रूपन्देहीस्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सातौँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयन प्रक्रियामा कोषाध्यक्ष पदका लागि राधा पौडेलले उम्मेदवारी घोषणा गरेकी छन्।
पौडेलले खानेपानी तथा सरसफाइ व्यवस्थापनलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्। संस्थामा आबद्ध ४,६८६ जना उपभोक्ताहरूको विश्वास जित्दै जिम्मेवारी बहन गर्ने लक्ष्यसहित आफू उम्मेदवार बनेको उनले बताएकी छन्।
उनले सम्पूर्ण उपभोक्तासँग अमूल्य मत, सहयोग, समर्थन तथा सुझावको अपेक्षा व्यक्त गर्दै संस्थाको समग्र विकासमा सक्रिय भूमिका निर्वाह गर्ने अठोट व्यक्त गरिन्।
मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सातौँ अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरुको घरदैलो तथा प्रचारप्रसार जारी रहेको छ।












