
विमल गैरे, सैनामैना । सैनामैना–४ मुर्गियामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनअन्तर्गत आज सम्पन्न मतदान शान्तिपूर्ण रूपमा सकिएको छ।
विहान ८ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजे प्रवेश गेट बन्द गरिए पनि भित्र रहेका मतदाताहरूले मतदान जारी राख्दा साँझ ६ः३० बजे मतदान सम्पन्न भएको थियो।
निर्वाचन समिति संयोजक खुसीराम चौधरीका अनुसार संस्थामा रहेका कुल ४,६८६ उपभोक्तामध्ये २,८७१ जनाले मतदान गरेका छन्। संयोजक चौधरीका अनुसार अब केहीबेरमै सर्वपक्षीय बैठक बसेर मतगणना प्रक्रिया सुरु गरिनेछ।
निर्वाचनमा अध्यक्ष पदका लागि नेत्र थापा, देविदत्त सुवेदी र लाल बहादुर रावालबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। यसैगरी कुल १६ पदका लागि ४६ जनाको उम्मेदवारी परेको थियो, जसले निर्वाचनलाई थप प्रतिस्पर्धात्मक बनाएको छ।
शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएसँगै अब सबैको ध्यान मतगणना र अन्तिम परिणामतर्फ केन्द्रित भएको छ।
थप अपडेटका लागि उपकार अनलाइन हेदैरहनुहोला ।
https://www.facebook.com/profile.php?id=100071731418829












