
विमल गैरे, सैनामैना ।
सैनामैना नगरपालिका–४ मुर्गियास्थित मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि शनिवार सम्पन्न मतदान उत्साहजनक रूपमा सकिएको छ।
संस्थाको १६ पदका लागि कुल ४७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्, जसले निर्वाचनलाई प्रतिस्पर्धात्मक बनाएको छ।
कुल ४,६८६ मतदातामध्ये २,८७१ जनाले मतदान गर्दै ६१ दशमलब ५ प्रतिशत सहभागिता जनाएका छन्। मतदाताको उल्लेख्य उपस्थितिले संस्थाप्रतिको चासो र नेतृत्व चयनप्रतिको उत्साह झल्काएको छ।
निर्वाचन समितिका अनुसार आज राति ९ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको छ।
शान्तिपूर्ण रूपमा सम्पन्न भएको मतदानपछि अब सबैको ध्यान मतगणना र नयाँ नेतृत्वको घोषणा तर्फ केन्द्रित भएको छ।












