मुर्गिया खानेपानी संस्थाको मतगणना सम्पन्नः अध्यक्षमा रावल निर्वाचित

विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सैनामैना–४, मुर्गियामा भएको मतदानपछि विभिन्न पदमा नयाँ नेतृत्व चयन गरिएको हो।

अध्यक्ष पदमा लाल बहादुर रावल १११९ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी देविदत्त सुवेदी १००६ र नेत्र थापा ५०० मतमा सीमित भए।

उपाध्यक्ष पदमा रमादेवी उपाध्याय पौडेल ८९८ मत ल्याउँदै विजयी भइन्। बसन्ता रेग्मी क्षेत्री ८२६ र गीता अधिकारी ७०२ मत प्राप्त गरे। सचिव पदमा निर्मल राज पौड्याल ९१० मतसहित विजयी हुँदा लक्ष्मी श्रेष्ठ ८४६ र मोहन कुमार सिङजाली ७६५ मत ल्याउदै पराजित भए। कोषाध्यक्षमा राधा पौडेल ९४४ मतसहित निर्वाचित भइन् भने विष्णु कुमारी थापा ७९८ कृष्ण कला काफ्ले ६७३ मत सहित प्रतिस्पर्धामा थिए।

सह–सचिव पदमा माधव प्रसाद पौडेल ८२२ मतसहित विजयी भए। अन्य उम्मेदवारहरू सरिता घिमिरे आचार्य ६२९, छविलाल रेग्मी ३७८ र छविलाल पन्थ ५४४ ले पछि परे।

खुल्ला सदस्यतर्फ भीम बहादुर पुन, जोगेन्द्र नाथ चौधरी र कृष्ण प्रसाद ज्ञवाली विजयी भएका छन्। महिला सदस्यतर्फ देवका घिमिरे, राधिका चौधरी र विमला घिमिरे निर्वाचित भए। आदिवासी, जनजाति महिला सदस्य मा सुमित्रा थापा विजयी भइन्। दलित महिला सदस्य मा शान्ता सुनार निर्वाचित भइन्।

लेखा समिति संयोजकमा श्रीकृष्ण गौतम उपाध्याय विजयी भएका छन्। सदस्यमा राम बहादुर खत्री तथा महिला सदस्यमा रुपा खत्री निर्वाचित भएका छन्।

निर्वाचनमा उल्लेख्य मतदाता सहभागिता देखिएको थियो। नयाँ नेतृत्वले खानेपानी व्यवस्थापन, सरसफाइ र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation