नेपाल घरेलु तथा साना उद्योग महासघद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको नेपल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आउदैँ गरेको नववर्ष २०८३ को शुभ अवसरमा शुभकामना आदान प्रदान एवम् सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल घरेलु तथा साना उद्योगी महासघका केन्द्रीय उपाध्यक्ष नेत्रप्रसाद पाठकले उद्धमशीलताका लागि सकारात्मक सोच आवश्यक पर्ने बताउदैँ उद्यमशीलता विकासमा उद्यमीहरूले पूर्ण मेहनत गरेमा सफलता हात पार्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि नेपाल घरेलु तथा साना उद्योगी महासघ प्रदेश महिला अध्यक्ष सावित्रा टण्डन एवम् नेपाल घरेलु तथा साना उद्योगी महासघ केन्द्रीय सदस्य बसन्त रोकाले देशको समृद्धिका लागि सबैजना आआफ्नो क्षेत्रबाट लाग्नुपर्ने भन्दै देशमा रहेको प्रकृतिको अनुपम उपहारलाई उद्यमशीलतासँग जोड्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै महासघका जिल्ला अध्यक्ष टंक प्रसाद अधिकारीले वर्तमानको दुई तिहाइको सरकारले उद्योगीको क्षेत्रमा सकारात्मक काम गर्ने आशा रहेको बताउँदै सरकारले सरकारी प्रक्रियामा सहजीकरण गरिदिनुपर्ने बताउनुभयो। कार्यक्रममा शुभकामनासँगै अन्तर्राष्ट्रिय मेडिटेसन तथा योग प्रशिक्षक ऋषि न्यौपानेले सोचको शैली एवं खुसी रहने उपायका बारेमा प्रशिक्षण समेत प्रदान गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पांगेनीले नयाँ वर्षको शुभकामना ज्ञापन गर्दै यस्ता सामाजिक संस्थाहरू मानवीय सेवाभावमा अझ दरिलो रूपमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा सैनामैना उद्योगवाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद पोखरेल, ग्यास बिक्रेता सङ्घकीअध्यक्ष कल्पना कुँवर, उपभोक्ता हित तथा संरक्षण मञ्च सैनामैनाका अध्यक्ष दुर्गा गौतम, तिनाउ पश्चिम वितरक सङ्घका अध्यक्ष नरेश न्यौपाने तथा सैनामैना जेसिसका अध्यक्ष गोपाल पोखरेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नेपाल घरेलु तथा साना उद्योगी महासङ्घ सैनामैनाका अध्यक्ष दिनेश पाण्डेको अध्यक्षता , महासङ्घका केन्द्रीय उपाध्यक्ष नेत्रप्रसाद पाठकको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रम महिला उद्यमी सैनामैना नगर समिति अध्यक्ष मिराज श्रेष्ठको स्वागत एवम् नेपाल घरेलु तथा साना उद्योगी महासङ्घ सैनामैनाका महासचिव भरत गौतमको सञ्चालनमा सम्पन्न भएको हो ।

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation