सरस्वती आधारभूत विद्यालयमा नयाँ नेतृत्व चयन, दुवै समितिको जिम्मेवारी महिलाको काँधमा

विमल गैरे, सैनामैना । सरस्वती आधारभूत विद्यालयमा विद्यालय तीनाउ १ पाल्पाको विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको नयाँ नेतृत्व चयन भएसँगै विद्यालयमा सकारात्मक सन्देश र उत्साह थपिएको छ। विशेष कुरा के छ भने, दुवै महत्वपूर्ण समितिको नेतृत्व यसपटक महिलाको काँधमा आएको छ, जसले समावेशिता र महिला नेतृत्वको सशक्त उदाहरण प्रस्तुत गरेको छ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भागिरथी सुस्लिङ चयन हुनुभएको छ। न्यौपानेको नेतृत्वमा विद्यालयको भौतिक पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि तथा समग्र व्यवस्थापन सुदृढ हुने अपेक्षा गरिएको छ। विद्यालयसँग प्रत्यक्ष सरोकार राख्ने निर्णय प्रक्रियामा उहाँको सक्रियता र समन्वयकारी भूमिका महत्वपूर्ण रहने विश्वास गरिएको छ।

त्यस्तै, शिक्षक अभिभावक संघको अध्यक्षमा बिमला थापा चयन हुनुभएको छ। विद्यालय र अभिभावकबीचको सम्बन्ध सुदृढ बनाउने, विद्यार्थीको सिकाइ वातावरण सुधार गर्ने तथा अभिभावकको सहभागिता बढाउने जिम्मेवारी थापाको काँधमा आएको छ। थपाको नेतृत्वमा अभिभावक र विद्यालयबीच अझ सशक्त सहकार्य हुने अपेक्षा गरिएको छ।

विद्यालयका दुई प्रमुख संरचनाको नेतृत्व महिलाले सम्हाल्नु आफैँमा सकारात्मक परिवर्तनको संकेत मानिएको छ। यसले विद्यालय व्यवस्थापनमा समावेशिता, समानता र नेतृत्व क्षमताको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ।

सोही अवसरमा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले विद्यालयको अक्षकोष स्थापनाका लागि रु. २५,००० नगद प्रदान गर्नुभएको छ। उहाँको यो सहयोगले विद्यालयको दीर्घकालीन विकास तथा शैक्षिक सुधारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। विद्यालय परिवारले अध्यक्ष श्रेष्ठप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले शिक्षा क्षेत्रलाई थप मजबुत बनाउने उल्लेख गरेको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation