सैनामैनाका सूर्य बानियाले अमेरिकाबाट गरे सूचना सुरक्षामा पिएचडी, डिजिटल ट्रान्सफर्मेसनको क्षेत्र नेपालका लागि मार्गदर्शन बन्न सक्ने

रुपन्देही । नेपाली युवाहरूले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने क्रममा रुपन्देही जिल्ला सैनामैना नगरपालिकाका एक युवाले अमेरिकाबाट सूचना प्रविधिको उच्च शैक्षिक उपाधि हासिल गरेका छन्। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३, मुर्गिया स्थायी निवासी सूर्य बानिया ले अमेरिकाको केन्टुकी राज्यस्थित कम्बरल्याण्ड विश्वविद्यालयबाट विद्यावारिधि (पिएचडी) पूरा गरेका हुन्।

बानियाँले सूचना प्रविधि विशेषज्ञतामा सुक्ष्म सेवा सुरक्षा तथा सूचना सुरक्षा अनुसन्धान विषयमा आफ्नो अनुसन्धान पुरा गर्दै पिएचडीको उपाधि प्राप्त गर्न सफल भएका हुन्। आजको डिजिटल युगमा बिश्व भरि साइबर सुरक्षा र सूचनाको गोपनीयता चुनौतीपूर्ण बनिरहेका बेला बानियाँको यो अनुसन्धान र विज्ञतालाई निकै महत्वपूर्ण मानिएको छ।

उनका दाई मोहन राज बानिया ले मुर्गियादेखि अमेरिकासम्म यात्रा मा भाई सुर्य बानियाको अथक मेहनत रहको बताउदै, बाल्यकाल देखि केहि गर्ने हुटहुटि ले गर्दा नै भाइ आज सफल भएको बताउनु भयो।

बि।सं। २०३८ साल कार्तिक २२ गते बुबा प्रेम बानिया र स्वा। आमा दिल कुमारी बानिया को काखबाटजन्मिएका बानियाको प्रारम्भिक शिक्षा गाउँकै पर्रोहा उच्च मावि (हालको पर्रोहा बहुमुखी क्याम्पस क्षेत्र) बाट सुरु भएको थियो। त्यहाँबाट एसईई (साविकको एसएलसी) उत्तीर्ण गरेपछि उनले काठमाडौंको त्रिचन्द्र कलेजबाट आई ए सी अध्ययन गरे।

त्यसपछि नेपाल इञ्जिनियरिङ कलेज, भक्तपुरबाट इञ्जिनियरिङमा स्नातक गरेका उनी सन् २००८ मा उच्च शिक्षाका लागि अमेरिका प्रस्थान गरेका थिए। उनले ओक्लोहामा क्रिस्चियन विश्वविद्यालयबाट प्रोजेक्ट म्यानेजमेण्टमा एमबिए  (MBA) समेत गरेका छन्।

अध्ययनसँगै व्यावसायिक क्षेत्रमा पनि उत्तिकै दख्खल राख्ने बानिया विगत १५ वर्ष देखि म्यारियट भ्याकेसन वर्ल्डवाइड ( ओर्लान्डो, फ्लोरिडामा सह-निर्देशक रूपमा कार्यरत छन् भने फ्लोरिडा राज्यमा रियल्टरको रूपमा पनि आफ्नो कार्य गरेका छन्।

इञ्जिनियरिङ र जागिरमा मात्र सीमित नभई उनी सफल उद्यमी पनि हुन्। अमेरिकामा उनको आफ्नै वेल्किन हब इंक नामक आईटी परामर्श र सफ्टवेयर विकास कम्पनी का सञ्चालक पनि हुन भने ताज इन्डियन रेस्टुरेन्ट र बार, जीरा इन्डियन कुजिन, र टेस्ट अफ इन्डिया गरीअमेरिकाका विभिन्न स्थानमा तीनवटा रेष्टुरेण्टहरू समेत सञ्चालन गरिरहेका छन्।

नेपाल हाल डिजिटल ट्रान्सफर्मेसनको चरणमा रहेको र सरकारी तथा निजी क्षेत्रका डाटा सुरक्षामा पटक(पटक चुनौती थपिइरहेको अवस्थामा, बानियाँ जस्ता विशेषज्ञले हासिल गरेको ज्ञान नेपालका लागि मार्गदर्शन बन्न सक्छ। सुक्ष्म सेवा सुरक्षा जस्तो जटिल विषयमा नेपालीले विश्वस्तरको डिग्री हासिल गर्नुले विश्व बजारमा नेपाली जनशक्तिको उच्च साख स्थापित गरेको छ।

हाल अमेरिकामा श्रीमती इन्जिनियर सेलिना रञ्जित बानियाँ जो अमेरिकाको प्रसिद्ध कम्पनी लेक्सिज नेक्सिजु मा वरिष्ठ क्यूए इञ्जिनियरको रूपमा कार्यरत छिन् भने दुई छोरीहरू सुवानी एभा बानियाँ र सुहानी एभा बानियाँका साथ रहँदै आएका सूर्यको यो सफलताले विदेशमा रहेका नेपालीहरूलाई मात्र नभई स्वदेशमा रही ग्रामीण क्षेत्रमा अध्यन गर्ने युवा विद्यार्थीहरूलाई समेत कडा परिश्रम र निरन्तरता दिए सफलता सम्भव छ भन्ने प्रेरणा दिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation