
उपकार अनलाइन । दशौं एनभिए पीएम कप अन्तर्गत लिग चरणका खेलहरू सम्पन्न भएसँगै खिल्जी युवा क्लबले आफ्नो टिमका नेपाली तथा विदेशी खेलाडीहरूलाई सम्मानपूर्वक बिदाई गरेको छ। क्लबले खेलाडीहरूको योगदानको कदर गर्दै मायाँको चिनो प्रदान गरी हौसला अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको हो।
लिग चरणभर उत्कृष्ट प्रदर्शन गर्दै क्लबलाई प्रतिस्पर्धात्मक बनाउने क्रममा खेलाडीहरूले देखाएको समर्पण, मेहनत र खेलप्रतिको प्रतिबद्धताको प्रशंसा गर्दै क्लबका पदाधिकारीहरूले धन्यवाद व्यक्त गरेका थिए। कार्यक्रमका क्रममा खेलाडीहरूलाई सम्मानपत्र तथा मायाँको चिनो प्रदान गरिएको थियो।
क्लबका प्रतिनिधिहरूले भविष्यमा पनि खेलाडीहरूसँग सहकार्यको अपेक्षा राख्दै उनीहरूको उज्ज्वल खेल जीवनको कामना गरेका थिए। साथै, खेलाडीहरूले पनि क्लबबाट प्राप्त सहयोग र समर्थनप्रति आभार व्यक्त गरेका थिए।
खेलाडीहरूबीचको आपसी सद्भाव र टोलीभावनालाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजना गरिएको उक्त बिदाई कार्यक्रमले भावनात्मक वातावरण सिर्जना गरेको थियो।












