सैनामैना–४ ले जित्यो शान्ति दीप कपको उपाधि

सैनामैना । रुपन्देहीको सैनामैना–३ स्थित पर्सवाल खेलमैदानमा शान्तिदीप युवा क्लब द्वारा आयोजित प्रथम शान्ति दीप कप फुटबल प्रतियोगिता २०८३ को उपाधि सैनामैना नगरपालिका वडा नं. ४ ले जितेको छ।

आइतबार सम्पन्न भएको रोमाञ्चक फाइनल खेलमा वडा नं. ४ ले घरेलु टोली वडा नं. ३ लाई २–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा वडा नं. ४ ले उत्कृष्ट प्रदर्शन गर्दै लगातार २ गोल गर्न सफल भयो। सैनामैना–४ का तर्फबाट आर्यन खाम्चा र कप्तान निशान्त न्यौपानेले समान १–१ गोल गरे। सैनामैना–३ का निशान भण्डारी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।

विजेता टोली सैनामैना–४ ले ३० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको वडा नं. ३ ले २० हजार रुपैयाँ नगद पुरस्कारसहित ट्रफी र प्रमाणपत्र हात पारेको छ।

प्रतियोगिताको समापन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेलप्रेमी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो। आयोजक शान्तिदीप युवा क्लब ले प्रतियोगिताले युवाहरुमा खेलप्रतिको आकर्षण बढाउनुका साथै सामाजिक एकता र भाइचारालाई थप मजबुत बनाएको जनाएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation