
बुटवल । नेपाल सरकारले सञ्चालन गरेको राष्ट्रिय सरसफाई सप्ताह अभियानप्रति स्वागत तथा ऐक्यबद्धता जनाउँदै बुटवल बसपार्क क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ।
रुद्रगण तथा MRR Team Butwal को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा बसपार्क क्षेत्र आसपासको फोहोर संकलन, प्लास्टिकजन्य सामग्री व्यवस्थापन तथा सार्वजनिक स्थल सफा गर्ने कार्य गरिएको थियो।
अभियानमा सहभागी युवाहरुले सरसफाई केवल सरकारी अभियान मात्र नभई हरेक नागरिकको दायित्व भएको बताएका छन्। उनीहरुले वातावरण संरक्षण, स्वच्छ शहर निर्माण तथा जनचेतना अभिवृद्धिका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा स्थानीय युवा, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। आयोजकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सचेतनामूलक तथा सरसफाई अभियान सञ्चालन गरिने जनाएको छ।












