
विमल गैरे, सैनामैना । सैनामैना–२, रुपन्देहीस्थित न्यू एकेडेमी बोर्डिङ स्कूल ले यस वर्षको SEE २०८२ मा पनि शतप्रतिशत नतिजा कायम राख्दै आफ्नो शैक्षिक उत्कृष्टतालाई निरन्तरता दिएको छ।
विद्यालयले सार्वजनिक गरेको विवरणअनुसार SEE २०८२ मा सहभागी सबै ४८ जना विद्यार्थी उत्तीर्ण भएका छन्। जिपिए वर्गीकरणतर्फ २.४ भन्दा माथि ल्याउने १ जना, ३.६ भन्दा माथि १२ जना, ३.२ भन्दा माथि २२ जना तथा २.८ भन्दा माथि १३ जना विद्यार्थी सफल भएका छन्।
विद्यालयले शैक्षिक सत्र २०७० देखि निरन्तर १०० प्रतिशत नतिजा हासिल गर्दै आएको जनाएको छ। १२ वर्षको यस गौरवपूर्ण शैक्षिक यात्राले विद्यालयलाई सैनामैनाकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एकको रूपमा स्थापित गरेको छ।
विद्यालय परिवारले सफल सम्पूर्ण विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीप्रति हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।












