बाजुरामा प्रहरीको गोली लागेर एकको मृत्यु, घाइतेलाई हेलिकप्टरबाट सुर्खेत लगियो

धनगढी । निर्वाचनको क्रममा बाजुरामा गोलीले एक जनाको मृत्यु भएको हो। त्रिवेणी नगरपालिका वडा ७ स्थित कोसेडी भन्ने ठाउँमा गोली लागेर स्थानीय सन्दीप ऐडीको मृत्यु भएको हो। प्रहरीको गोली लागेका २२ वर्षीय ऐडीको घटनास्थलमै मृत्यु भएको वडा नम्बर-७ का वडाध्यक्ष जुद्धबहादुर ऐडीले जानकारी दिए।

प्रहरीको गोली लागेर अरू दुई जना पनि घाइते भएका छन्। घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ। बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले गोली चले पनि मृत्यु भएको बारे आफूले बुझ्न नसकेको बताए।
‘म बुझ्दै छु। सम्पर्क हुन सकेको छैन,’ उनले भने।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation