बागलुङमा २ घन्टा भित्र ३ ठूला भुकम्पको झड्का

काठमाडौं । बागलुङमा भूकम्पका तीन ठूला झट्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो। केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १ः२३ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो।

यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २ः०७ बजे ५.३ रेक्टरको भूकम्प गएको केन्द्रले जनाएको छ। त्यसपछि बिहान ३ः२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ।

भूकम्पले पुर्‍याएको क्षतीका बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation