लुम्बिनी प्रदेशसभा सदस्यहरूद्वारा शपथ ग्रहण

भालुबाङ ।  लुम्बिनी प्रदेशसभाका सदस्यहरूले आइतवार शपथ ग्रहण गरेका छन्। ​मंसिर ४ गते सम्पन्न प्रदेशसभा निर्वाचनमा निर्वाचित प्रदेशसभा सदस्यहरूले आज प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ ग्रहण गरेका हुन्।

उनीहरूले दाङको देउखुरीमा हालै बनेको प्रदेशसभा भवनमा शपथ लिएका हुन्। यसअघिको प्रदेशसभा बुटवलमा रहेको थियो।

लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ ५२ र समानुपातिक ३५ गरेर ८७ सदस्यीय प्रदेशसभा रहेको छ।

२९ सदस्यसहित एमाले सबैभन्दा ठूलो दल हो। नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा ९राजमो० १, नेकपा एकीकृत समाजवादी एक र स्वतन्त्र ३ जना छन्।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation