अर्घाखाँचीको शितगंगामा एक महिला मृत अबस्थामा फेला

अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारामा एक महिला मृत अबस्थामा फेला परेकी छन्।
शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मी जानकारी दिए ।

रेग्मीका अनुसार सिद्धाराबाट बहखोरमा बिहान दूध लिन गएकी थापा बहखोर नजिकैको खोल्सीमा मृत भेटिएको थिइन् । घटनाबारे अनुसन्धान भइरहेको रेग्मीको भनाइ छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation