
उपकार अनलाइन, कपिलवस्तु ।
बाणगङ्गा बजार ब्यबसायी संघका उपाध्यक्ष बाणगङ्गा १ बैरिया निवासी युवा ब्यबसायी फर्सुराम पन्थको निधनले यस क्षेत्र का धेरै संघ संस्था तथा आम जनता समेत स्तब्ध भएका छन।
निधनको आज नवौ दिनमा बजार ब्यबासायी संघको आयोजनामा शोक शभा आयोजना गरिएको अध्यक्ष कबिराज गौतमले जानकारी गराउनु भएको छ। कार्यक्रममा गुल्मी जिल्लाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएका नेपाली कांग्रेसका नेता डाक्टर चन्द्र भण्डारी समेत शोक सभा सम्बोधनका लागि उपस्थित हुनुभएको थियो। उहाँले पूर्वीय दर्सन अनुसार बेदब्यास, महाभारत ,गरुणपुराण लगायत धार्मिक ग्रन्थमा उल्लेख भएका जन्म, मृत्यु र जीवन चक्रको संक्षिप्त बर्णन सहित सोकाकुल परिवार,आफन्तजन ,इस्ट्मित्र र उपस्थित सबैलाइ धैर्य धारणको शक्ति मिलोस र मृत आत्माको बैकुण्ठ बास होस भन्दै आफ्ना शोक मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा बाणगङ्गा बजार ब्यबासायी संघका सबै पदाधिकारी ,यस क्षेत्र का उद्योगि, ब्यबासाइ, शैक्षिक ,सामाजिक ब्याक्तित्व हरुको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा टीका, माल्यार्पण तथा १ मिनेट मौन धारण गरि संक्षिप्त शोक मन्तव्य सहित समापन गरिएको थियो। उक्त कार्यक्रम को संचालन ब्यबासाइ बुद्दिशागर बेल्बासेले गरेका थिए।