प्रहरी उपरिक्षक बस्नेतद्वारा दुर्गा मन्दिर उद्घाटन

कपिलवस्तु । कपिलवस्तु जिल्लाको महाराजगंज नगरपालिका वडा नं ७ मा रहेको प्रहरी चौकी कुशहवा बढ्नी मा नव स्थापित दुर्गा मन्दिरको उद्घाटन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेत ले गरेका छन् ।

सोमवार एक कार्यक्रमका बिच मंदिर को विधिवत पुजा पाठ गरि दुर्गा मन्दिरको उद्घाटन गरिएको जानकारी इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक शैलेन्द्र पाण्डेयले जानकारी दिए ।

महिनौंको प्रयास तथा संगठनको सहयोगले दुर्गा मन्दिर स्थापना गरि आज वडाका भद्र भलादमी हरू बिच कार्यक्रम गरि उद्घाटन गरिएको तथा उद्घाटन पश्यचात प्रसाद वितरण गरि उद्घाटन कार्यक्रम समापन गरिएको जानकारी प्रहरी चौकी कुशहवा बढ्नीका सहायक प्रहरी निरिक्षक दुर्गेश यादवले जानकारी दिए ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation