वाणगंगामा ग्यालेक्सि सहकारीको उद्घाटन, तीन जिल्लामा सेवा

वाणगंगा। कपिलवस्तुको बाणगंगामा एक बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना सहित उद्घाटन गरिएको छ । बाणगंगा नगरपालिका वडा नम्बर १ बैरियामा कार्यालय स्थापना गरि सेवा सुरु गरिएको हो ।

नगरभित्रका नागरिकहरुलाई आर्थिक कारोवारमा सक्रिय बनाइ सहकारीको माध्यमबाट जिविकोपार्जनमा समेत लाग्न प्रोत्साहित गर्ने गरी बाणगंगाको बैरीयामा बहुउद्देश्यीय सहकारीको स्थापना गरी बुधबार देखि सेवा प्रवाह सुरु गरिएको सहकारीका चियर मेन ललित कुमार बेल्वासेले जानकारी दिनुभयो ।

२०७९ श्रावण ९ गते लुम्बिनी प्रदेश सहकारी संघमा दर्ता भई संचालनमा रहेको ग्यालेक्सि बहुउद्देश्यीय सहकारीको हाल प्रदेशका तीन जिल्लामा सेवा क्षेत्र विस्तार भएको छ । रुपन्देही, कपिलवस्तु र अर्घाखाँची जिल्लामा सेवा क्षेत्र रहेको यो सहकारीमा कपिलवस्तुका लागि सुरुवाती चरणमा ७५ जना सदस्य रहेका छन् । कुल ७५ लाख पुँजीबाट बैरीयामा सहकारी संचालन गरिएको हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation