
कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघका सचिव खिमानन्द पौडेल कोपिललेले दिए पद बाट राजिनामा दिएका छन् । उद्योग बाणिज्य संघको ७औं अधिवेशन बाट निर्वाचित भएका उनले बुधवार संघका अध्यक्ष डोलकराम घिमिरेलाई राजिनामा पत्र बुझाएका हुन् । सचिवमा निर्वाचित भएका पौडेलले संघका अन्य पदाधिकारीको कार्यशैलि प्रति असन्तुष्टी जनाउदै आएको र आफ्नो नैतिकताले संघमा बस्न उचित नभएको राजिनामा पत्रमा उल्लेख गरिएको छ । पत्रमा व्यवसायीक हक हित र संस्थाको साझा सवालका विषयमा सदैव सहकार्य साथ र सहयोग रहनेकुरामा प्रतिबद्ध रहेको पनि पौडेलले पत्रमा खुलाएका छन् ।