पुराना र नयाँ दुबै पुस्ताका रोजाइका कलाकार भित्र्याइने छ : संयोजक घिमिरे

कपिलवस्तु । १३ औं कपिलवस्तु महोत्सवको तयारी ५ दिन बाँकी रहँदा करिब ९० प्रतिशत पुरा भएको छ । यही माघ १७ गतेदेखि २९ गतेसम्म हुन लागेको १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनीको समग्र कार्य करिब ९० प्रतिशत पुरा भएको कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष तथा मुल समारोह समिति संयोजक डोलकराम घिमिरेले जानकारी गराउनु भएको छ ।

स्टल निर्माणको काम करिब सम्पन्न भएको र स्टेज निर्माणको काम पनि ९० प्रतिशत पुरा भएको बताउँदै अहिले बालउद्धानका काम धमाधम भैरहेको संयोजक घिमिरेले बताउनु भएको छ ।

त्यस्तै १३ औं कपिलवस्तु महोत्सवमा गायन विधातर्फको आईडल पनि हुने भएको छ । विगतका महोत्सवहरुमा हुदै आएको डान्स आईडललाई निरन्तरता दिदैँ थप नयाँपन र अकार्षक बनाउनको लागि गायन विधा (सिङ्गीङ आईडल) लाई पनि स्थान दिन लागिएको संयोजक घिमिरेले बताउनु भएको छ । पछिल्लो समय नयाँ पुस्ताको रोजाइ र पुराना पुस्ताको राजाइमा धेरै फरक भएको बताउँदै महोत्सवले दुबै पुस्ताको रोजाइलाई समेटेर कलाकारलाई भित्र्याउने पनि उहाँले बताउनु भएको छ ।

कपिलवस्तु पर्यटनको क्षेत्रमा पनि निक्कै धनि रहेको हुँदा कपिलवस्तुको समग्र पहिचान झल्काउँदै विशेष गरि कृषिलाई प्रथमिकता दिने उहाँले बताउनु भएको छ । जिल्लाका घरेलु तथा कृषिबाट उत्पादित वस्तुहरुको प्रर्बद्धनलाई महोत्वस अझ बढि सहयोग गर्ने संयोजक घिमिरेले बताउनु भएको छ ।

कोरोनाका कारण थलिएको अर्थतन्त्रलाई माथि उठाउन महोत्सवले अहम भुमिका खेल्ने जनाइएको छ । महोत्सवमा करिब २ लाख दर्शक भित्राउँदै ५ देखि ७ करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य रहेको छ

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा रहेको बुद्धरंगशालामा हुदैं छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation