
सैनामैना । रुपन्देहिको सैनामैना नगरपालिकामा जग्गा नापजाँचको काम वडा नम्बर ८ मा पनि सुरू भएको छ । नगरपालिकाले भूमिहीन दलित,भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्न नापजाँचको काम सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले सैनामैना वडा नम्बर १ को धेरै जग्गा नापजाँच भइसकेको छ, रुपन्देहीमै सबै भन्दा छिटो सैनामैना नगरपालिकामा जग्गा नापजाँच भइरहेको जानकारी गराउनु भयो ।
कार्यक्रमको विशिष्ट अतिथि रहनुभएकी सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले हामीले एक अर्कालाई सहयोग गरेर जग्गा नापजाँच गर्नु पर्दछ, सहकारी जग्गा हो भनि त्यसलाई छोडेर मात्र नाप्नु पर्दछ, नापीबाट आएको टिमलाई सहयोग गरेर नाप जाँचमा सहजिकरण गरेर विवाद रहित रह्यो भनि नापी छिटो हुनेछ भरेर सजेत समेत गराउनु भयो ।
कार्यक्रमको अध्यक्षता राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर आर्चाय तथा सैनामैना नगरपालिका वडा नम्बर ८ का वडा सदस्य ईश्वरी प्रसाद भण्डारीले संचालन गर्नु भएको थियो।