मर्चवारी रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी सेवा विगतभन्दा दिन प्रति बढदै

रुपन्देही ।  रुपन्देही मर्चवारको मर्चवारी गाउँपालिकाको रायपुर प्राथमिक स्वास्थ्य यस आ.व.को शुरुदेखि नै सुत्केरी गराउन जानेको संख्यामा दिन प्रतिदिन बढोत्तरी हुदै भएको छ । रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख राकेश प्रसाद यादवका अनुसार गत वर्ष वर्षभरिमा ३२६ जना सुत्केरी सेवा लिएको थियो ।

श्रावणदेखि हालसम्म ३३६ जनाले सुत्केरी सेवा लिएको छ । विगत ४/५ दिनदेखि त ४/५/६ जनाको दरले उक्त सेवा दिईरहेको व्योहोरा त्यस स्वास्थ्य केन्द्रमा कार्यरत नर्सिङ स्टाफ मिना यादवले जानकारी गराउनुभयो । १२ गते रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा प्रत्यक्ष जाँदा ६ जनाले सुत्केरी सेवा लिसकेको देखियो । उक्त सेवा लिनु हुनेमा क्रमशः किताबुन निशा मर्चवारी – ६, हडसरी २:२१बजे, वन्दना पासी मर्चवारी – १, कचरिहवा १२:२१बजे, प्रमिला सहनी मर्चवारी – ६, ठर्की १५:३४ बजे, अमरावती कुर्मी मर्चवारी – ४, महदेवा १८:२२ बजे, संगम यादव मर्चवारी – ५, वडवलिया १९:५५ बजे र सरिता केवल मर्चवारी -२, अमवा २२:२६ बजे सुत्केरी सेवा लिई सुत्केरी स्याहारका लागि भर्ना गरेर २४ घण्टासम्म राखिएको अवस्थामा देखियो ।

मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन शाहलाई सम्पर्क गरी जानकारी लिँदा रायपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी सेवा विगत भन्दा दिनप्रति बढदै गएको छ, शाहका अनुसार नियमित एवं मासिक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको अनिवार्य मिटिङ, आमा समूहको मिटिङमा अनिवार्य स्वास्थ्यकर्मी परिचालन,होम डिलेभरी शून्य गर्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्था संचालन तथा व्यवस्थापन समितिका पदाधिकारीहरुलाई अभिमुखीकरण पश्चात सामूहिक प्रतिबद्धता, महिला स्वयंसेविकाले आ-आफ्नो सेवाग्राही लाई प्रत्यक्ष निगरानी तथा मुख्य गरेर मर्चवारी गाउँपालिका अध्यक्ष वालिका विमा योजना कार्यक्रमको कार्यान्वयन, नि: शुल्क एम्बुलेन्स सेवा, सुत्केरी पश्चात रु.१०००।- बराबरको १ क्यारेट अण्डा,१/२(आधा किलो) घ्यू,२ किलो नुन वितरण, स्वास्थ्यकर्मीको व्यवहारमा आएको परिवर्तन, सेवाग्राहीहरुको रायपुर प्राथमिक स्वास्थ्य केन्द्र प्रति जागेको विश्वास र मर्चवारी स्वास्थ्यका नेटवर्कले गरिरहेको सामूहिक कार्यको उपज हो भन्नुहुन्छ ।

मर्चवारीका गाउँपालिका अध्यक्ष गया प्रसाद बरईसंग जानकारी लिँदा सुत्केरी सेवा पहिलाको भन्दा दिनप्रति बढ्दै गएको प्रसंगमा कुरा गर्दा सुत्केरीलाई केन्द्रीय सरकार बाहेक थप सेवा सुविधा गाउँपालिकाले प्रदान गरेको, निरन्तर राय, सल्लाह, सुझाव एवं निर्देशन,अनुगमन सहयोगात्मक सुपरिवेक्षण बढाएको र स्वास्थ्य शाखा प्रमुख फेकन शाहले दिनरात खटि आफ्नो टिमलाई निरन्तर जोश, जाँगर, उत्साह,उत्परेणा बढाउने जस्ता कार्यक्रम ल्याएर त्यसको उचित कार्यान्वयनले र हाम्रो स्वास्थ्य क्षेत्रमा हेर्ने साकारत्मक दृष्टिकोणले गर्दा मर्चवारी गाउँपालिका भन्दा अन्य पालिकाको पनि केश आउन थालिसकेको छ ।

पहिला पहिला हाम्रो नागरिक अन्य पालिकाको वर्थिंग सेटर तथा भारतमा सुत्केरी गराउन जाने गर्दथ्यो भने आजभोलि ठिक उल्टो भएको छ । मर्चवारी गाउँपालिकामा सुत्केरी सेवा मात्रै हैन अन्य विभिन्न सेवा लिने नागरिकको संख्यामा वृद्धि हुँदै गएको बताउनु भएकोछ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation