म अभिमन्यु होइन, मेरो मौनता आजसम्मका लागि मात्रै हो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । आफूलाई भन्न बाँकी र लेख्न बाँकी केही भए ती कुरा गरिहाल्न उनले भनेका छन् ।

आफू अभिमन्यु नभएको बताउँदै उनले सामाजिक सन्जालमो लेखेका छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला, लेखिहाल्नु होला । मेरो मौनता आजसम्मका लागि मात्रै हो ।’

नागरिकता सम्बन्धी विवादका कारण गत शुक्रबार रवि लामिछाने सांसद पद गुमाएका थिए । त्यससँगै उनी उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट पनि मुक्त भएका थिए । तर आइतबार उनले पुनः नागरिकता लिने प्रक्रिया पूरा गरेका थिए ।

रास्वपाले पुनः गृह मन्त्रालयमै दाबी गरिरहेको छ । सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गृह मन्त्रालय रास्वपालाई नै दिनुपर्ने बताएका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने तत्काल गृह मन्त्रालय रास्वपालाई नदिने पक्षमा छन् । रास्वपाले गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने चेतावनी दिएको छ ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation