महिला सामुदायिक स्वास्थ्य स्वयसेविका तथा स्वास्थ्यकार्मीहरुको प्रोत्साहन तथा सम्मान कार्यक्रम सम्पन्न

रुपन्देही । रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकाको वडा नं.६ मा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयसेविका तथा प्रोत्साहन सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त प्रोत्साहन तथा सम्मान कार्यक्रम असुरैना स्वास्थ्य चोकीको आयोजना तथा सम्मरीमाई गाउँपालिका वडा नं.६ वडा कार्यालयको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रम का अध्यक्ष वडा नं.६ का वडा अध्यक्ष तोलन केवट, प्रमुख अतिथि सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तव,उपाध्यक्ष कुमारी प्रिंका शाही सिंह,नि. प्रमुख प्रशासकिय अधिकृत मुन्सी प्रसाद माझी,असुरैना मा.वि.का अध्यक्ष जैस मोहम्मद खान, इन्द्रेणी विकास परिसदका फिल्ड सुपरवाइजर अलाउद्दिन खान (ए.डि.), सुआहारा का शेषनाथ यादव, जग्गादाता सत्यनारायण केवट,जनार्दन यादव,महिला स्वयंसेविका तथा जन-समुदायको सहभागीतामा तथा स्वागत मन्तव्य असुरैना स्वास्थ्य चौकीका अनमी देविका पाण्डेले दिनुभएको थियो भने असुरैना स्वास्थ्य चौकीका ईन्चार्ज सुखनन्दन पाल कार्यक्रम संचालन गर्नु भएको थियो । स्वयंसेविका तथा स्वास्थ्यकर्मी हरुलाई दोसल्ला ओढाई प्रोत्साहन तथा प्रशंसापत्र समेत वितरण गरि कार्यक्रम सम्पन्न भएको थियोे ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation