उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार हो :अध्यक्ष रोसन

प्युठान। प्युठानको माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी रोसनले उद्यमशीलता विकास आर्थिक समृद्धि कै एक महत्त्वपूर्ण आधार भएको बताउनु भएको छ।

गाउँपालिका द्वारा वडा नं.२ मर्कावाङ्गमा आयोजित व्यवसाय सञ्चालन सम्वन्धि ८ दिने उद्यमशीलता विकास तालिमको आज समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रोसनले यस्तो बताउनु भएको हो। उद्यमीले सिकेको सिपलाई सदुपयोग गरि उत्पादन गरेका नयाँ-नयाँ वस्तु तथा सेवाहरुको बजारीकरण समेत स्थानीय सरकारले गर्ने अध्यक्ष रोसनले वचन व्यक्त गर्नु भयो।यस्तै वडा अध्यक्ष प्रकाश वलीले सरकारको लगानीलाई बेवास्ता नगर्न आग्रह गर्दै विगतलाई विर्सेर नयाँ उदाहरण रच्न सहभागीहरुलाई निर्देशन दिनु भयो।वडा अध्यक्ष वलीले एक फरक प्रसङ्गमा कुनै पनि कार्यक्रमलाई सफल र प्रभावकारी ढंगले सम्पन्न गरे पछि मात्र थप नयाँ कार्यक्रम माग गर्न समेत सहज हुनै बताउँदै सिपको व्यवहारिक कार्यान्वयन मार्फत उद्यमशील बन्न सहभागिहरुलाई सुझाव दिनु भयो।

साथै उहाँले विगतको सरकार भन्दा वर्तमान सरकारले आफ्नो वडामा अनुगमनलाई थप चुस्त,दुरुस्त र प्रभावकारी बनाउन केन्द्रित बनिरहेको बताउनु भयो।कार्यक्रममा गाउँकार्यपालिका सदस्य रमा पौडेल,बरिस्ठ लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपाली लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहभागी समीक्षा केसीले आफू केही सीप सिकेर आर्थिक रुपमै आत्मनिर्भर बन्ने उद्देश्यले तालिममा सहभागी भएको बताउनु भयो।यस्तै उहाँले तालिम पश्चात् सहभागी सवै उद्यमशील बनेर देखाउने पनि विस्वास व्यक्त गर्नु भयो।३० जना सहभागी रहेको सो तालिम माघ २० गते देखि सुरु भएको थियो।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation