उपाध्यक्ष कालाथोकीद्वारा कर्मचारीको अनुगमन : समयको पुर्ण पालना गर्नेमा जम्मा ९ जना मात्रै

प्युठान । माण्डवी गाउँपालिका उपाध्यक्ष एवम् अनुगमन समिति संयोजक पुर्णप्रसाद कालाथोकीले कर्मचारीको अनुगमन गर्नु भएको छ।आज विहान ९:३० वजे गाउँकार्यपालिकाको कार्यकक्षमा पुगेर उपाध्यक्ष कालाथोकीले अनुगमन गर्नु भएको हो।  उहाँले एउटा फाईल नै तयार गरि कर्मचारीहरु आफू आईपुगेको समय अनुसार हस्ताक्षर गर्न लगाउनु भएको थियो।

जस अनुसार बिहान १०:०० वजे भित्र उपस्थित हुनेहरुमा कार्यालय सहायक मदन घिमिरे, केसरा कार्की ,रोजगार संयोजक भेषराज अधिकारी,सहायक चन्द्र बहादुर कार्की,एम्.आई.एस अपरेटर्स खिम घर्ती, गाउँ प्रहरी गिता शाही,दिपक थापा,उद्यम विकास सहजकर्ता टोप बहादुर खत्री र ल्याव टेक्निसियन मिलन पोख्रल रहनु भएको छ।यस्तै १०:०० देखि १०:२० सम्म उपस्थित हुनेहरुमा सिनियर अहेव नारायण जिसी,गाउँ प्रहरी कृष्ण केसी,अधिकृत छैटौँ बलराम पौडेल,खा.पा.स.टे.कमल योगी,असिस्टेन्ट सव ईन्जिनियर रमा अधिकारी,कम्प्युटर अपरेटर्स तुफान अधिकारी ,प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे ,अनमि रोम बहादुर केसी,पोषण सहायक दाम बहादुर कार्की र सुचना प्रविधि अधिकृत अनिल अधिकारी रहनु भएको छ।

साथै १०:३० वजे भन्दा ढिलो गरी उपस्थित हुनेहरुमा सव ईन्जिनियर युवराज राउत र आान्तरिक लेखा परिक्षक मित्रमणी पौडेल पर्नु भएको छ।उता जनस्वास्थ्य निरिक्षक ध्रुव कुमार पोख्रेल,लेखापाल माधव केसी र असिस्टेन्ट सव ईन्जिनियर आसिस पौडेल भने विना जानकारी विदामा बसेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले पुष्टि गर्नु भएको छ।

प्राविधिक सहायक तुल्सी कार्की,बरिस्ठ लघु उद्यम विकास सहजकर्ता फुर्स बहादुर नेपाली र महिला विकास शाखामा कार्यरत सिता गौतम भने बिदामा बस्नु भएको प्रमुख प्रशासकीय अधिकृत पाण्डेले बताउनु भएको छ।उता ईन्जिनियर हेमराज बस्नेत भने तालिममा सहभागी हुन सम्वन्धित ठाउँमा पुगेकाले उपस्थित हुनु भएन। उपाध्यक्ष कालाथोकीले उपस्थित सवै कर्मचारीहरुलाई फुल र लड्डुले स्वागत गर्दै समयको नियमित पालना गर्न र थप जिम्मेवार ढङ्गले कार्यसम्पादनमा जुट्न निर्देशन दिनु भएको छ।

गाउँपालिका कार्यालयमा हाल विभिन्न तहका स्थायी र करारका गरि २९ जना कर्मचारीहरु कार्यरत रहेको प्रमुख प्रशासकीय अधिकृत पाण्डेको भनाई छ।कर्मचारीहरुमा समयको पालनामा गिरावट देखिए पछि उपाध्यक्ष कालाथोकीले योजनावद्ध रुपमा कर्मचारीको अनुगमन सुरु गर्नु भएको हो।उता कर्मचारीहरुले उपाध्यक्ष कालाथोकीको कदम सही र स्वागतयोग्य रहेको प्रतिक्रिया दिएका छन्।

आफुहरुलाई समयको पालना गर्न थप हौसला र सचेत बनाएको कतिपय कर्मचारीहरुको भनाइ छ।आफ्नो लोकप्रिय कार्यतालिका सार्वजनिक गरे सँगै उपाध्यक्ष कालाथोकी वर्तमान समस्या,जनचासो सहितका महत्वकांक्षी एजेन्डाहरुमा केन्द्रित बन्नु भएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation