राष्ट्रपतिमा सहमति जुटाउन बालकोट पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्न बालकोट पुगेका छन्। शुक्रबार दिउँसो प्रधानमन्त्री प्रचण्ड ओलीसँग भेट गर्न बालकोट पुगेका हुन्। उनीहरूबीच भेटवार्ता जारी छ।

बिहीबार मात्रै प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता भएको थियो। राष्ट्रपतिको विषयमा दुई नेता निरन्तर संवादमा छन्। एमालेले पुस १० गतेको सहमतिअनुसार राष्ट्रपतिको टुंगो लाग्नुपर्ने बताउँदै आइरहेको छ भने माओवादी केन्द्रले राष्ट्रिय सहमतिमा टुंगो लगाउनुपर्ने अडान लिँदै आइरहेको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation