रेडियोका लगानीकर्तासमेत रहेका घिमिरेले संस्थागत नियम कानुन मिचेर आफूलाई अपमानजनक ढंगबाट छापामार शैलीमा निकालिएको भन्दै आपत्ति जनाएका हुन् । संचालक समितिले अहिले स्टेसन म्यानेजरको रुपमा वाणगंगाका पत्रकार अशोक पौडेललाई नियुक्त गरेको छ ।
संचालक समितिका पूर्व अध्यक्ष कृष्ण भट्टराई, वर्तमान अध्यक्ष धातानन्द भुषाल, वरिष्ठ उपाध्यक्ष तुलसीप्रसाद अर्याल, महासचिव केशव सापकोटा लगायतका केही व्यक्तिको डिजाइनमा राजनैतिक पूर्वाग्रह साँधेर विनाकारण आफूलाई निकालिएको घिमिरेले बताए ।
२०७७ । ६ । १५ गते स्टेसन म्यानेजरको नियुक्ति पत्र पाएका उनले लथालिङ्ग र ध्वस्त भएको रेडियोलाई उठाएर फाइदामा लगेबापत् अहिले निकालिएको भन्दै दुखेसो पोखे । आफुले नियुक्ति लिँदा रेडियोको स्थिति निकै नाजुक र लथालिङ्ग रहेको स्मरण गर्दे उनी भन्छन् ‘मैले नियुक्ति खाँदा रेडियोको करिब १० लाख रिन थियो । कर्मचारीले ५ / ५ महिना तलव खाएका थिएनन् । ८ / १० हजार तलव खाने कर्मचारीको दिने तलब बढेर ५० / ५० हजार पुगेको थियो । कर्मचारी असन्तुष्ट थिए । रेडियो ध्वस्त र बन्द हुने स्थितिमा थियो । यस्तो अवस्थामा चुनौति मोल्दै रेडियोको काँध थापेको थिएँ । त्यो सबै विर्सेर आज विनाकारण मलाई अपमानपूर्वक निकालिएको छ । आवश्यक परेमा यसको कानुनी उपचार खोज्ने छु ।’
अहिले स्टेसन म्यानेजरमा नियुक्त भएका पौडेल आफ्ना पूर्वसहकर्मी रहेको भन्दै उनीमाथि कुनै गुनासो नरहेको घिमिरेले बताए । उनले थपे ‘मेरो पौडेलप्रति कुनै प्रश्न छैन । उनी आउँदा म खुसी नै छु तर मलाई निकाल्न संचालकले किन छापामार शैली अपनायो ? मैले के विगारेको थिएँ र ? मैले कहाँनेर गल्ती गरेँँ र ? गल्ती र कमजोरी भएको भए मलाई जानकारी दिनुपर्ने, समय दिनुपर्ने र ? तर किन निकालियो नै मैले अझैसम्म जवाफ पाउन सकेको छैन । दिनभर रेडियोको काममा थिएँ । साँझ कार्यालयमा आउँदा मेरो पदमा अरु कोही आइसकेको रहेछ । १ घण्टाको अवधिमा यस्तो गरिएको छ ।’
रेडियोको लागि कोरोना करहमा गरेको दुख सम्झेर अहिले आँशु आएको उनी बताउँछन् । आफ्नो कार्यकालको करिब ३ बर्ष आफूले समयमा तलव नखाइनखाई कर्मचारीलाई तलब खुवाएको उनले बताए । रेडियोलाई अहिले ठिक स्थितिमा ल्याएको, घाटाको रेडियोलाई गतवर्ष मुनाफामा लगेको, अहिले पनि रेडियोको अवस्था ठिक रहेको उनले बताए । केही महिना कर्मचारीले तलब खान नसकेको भए पनि अहिले ८ लाख बढीका बिभिन्न कार्यक्रम सम्झ्यौता भएको र केही महिनामा तलव खाने स्थिति रहेको उनले बताए ।
सुरुमा मार्केटेङ म्यानेजर, सहायक म्यानेजर, निमित्त म्यानेजर हुँदै स्टेसन म्यानेजरमा आएको भन्दै आफूलाई कमजोर नठान्न उनले संचालक समितिलाई चेतावनी दिएका छन् । उनले रातारात निकालिनुमा ठुलै योजना रहेको समेत सुनाए । घिमिरे नीजि रेडियोहरुको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन (वान)का केन्द्रीय सदस्य हुन् ।