निर्देशिका विपरीत काम गरेपछि बाणगंगा बहुमुखी क्याम्पस निर्वाचन परिचालन समिति खारेजकाे माग

कपिलवस्तु ।  बाणगंगा बहुमुखी क्याम्पसमा तीन विद्यार्थी संगठनले स्ववियु निर्वाचन परिचालन समिति खारेजको माग गरेका छन् । निर्वाचन समितिले नियतबस कुनै एक संगठनकाे आधारमा आफ्ना क्रियाकलाप गरेको तीन विद्यार्थी संगठन (नेविसंघ,अनेरास्ववियू , अखिल क्रान्तिकारी) काे आराेप छ । उनिहरूले क्याम्पस प्रमुखलाई एक पत्र लेख्दै यस्तो माग गरेका हुन ।

समितिले सुरूवात देखिबाटै निर्देशिका विपरीत उम्मेदवारकाे मनाेनयन पत्र वितरणमै विद्यार्थी संगठनसग कुनै छलफल नगरी मनाेनयन पत्रबाट रकम उठाउने कार्य भयो । लगत्तै विशुद्ध विद्यार्थी संगठनकाे निर्वाचनमा पार्टीको नाम पनि समावेश गरेर त्रुटिपूर्ण कार्य भयो । यति हुदा हुदै पनि स्ववियु निर्वाचन हुनुपर्छ भन्दै निर्वाचन समितिकाे त्रुटिलाई कार्यलाई छेउमा राख्दै विद्यार्थीकाे हितमा स्ववियु निर्वाचन सम्मन्न गर्ने कार्यलाई अगाडि बढाउदै गर्दा पुनः उम्मेदवारकाे संख्यामा त्रिविले ताेकेबमाेजिम (२०१ विद्यार्थी संख्या १००० सम्ममा ) १५ सदस्यीय स्ववियुमा प्रत्यक्ष तर्फ १. सभापति, १ सचिव, १ काेषाध्यक्ष र ५ सदस्यहरू गरी कुल ८ र समानुपातिक तर्फ ७ संख्या हुनुपर्नेमा निर्वाचन परिचालन समितिले जबरजस्ती प्रत्यक्ष तर्फ सभापति, सचिव र काेषाध्यक्ष बाहेक ७ सदस्यहरू र समानुपातिकमा ५ भनी उम्मेदवारहरूकाे नाम प्रकाशित गरेको छ ।

माैखिक ध्यानाकर्षण गराउदा बैठकमा उक्त बिषयलाई समावेश नगरी निर्वाचन समितिले नियतबस कुनै एक संगठनकाे आधारमा आफ्ना क्रियाकलाप गरेको हुदा स्ववियु निर्देशिका अनुसार कार्य नगरेकाे हुदा स्ववियु निर्वाचन परिचालन समिति खारेज गरी नयाँ समिति गठन गरी निर्देशिका अनुरूप शान्तिपूर्ण र निष्पक्ष निर्वाचन गराउन माग गर्दछौं । उक्त पत्रमा लेखिएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation