उपकार अनलाईन, सैनामैना ।
जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय बनगाईले (Global Money Week–2023) सप्ताहको अवसरमामा साप्ताहिक वित्तीय साक्षरता अभिवृदि कार्याक्रम सम्पन्न गरेको छ ।
सोमवार सम्पन्न कार्यक्रममा जनज्योती माध्यमिक विद्यालय मोतिपुरमा कक्षा ११ र १२ मा ब्यावस्थापन संकायमा अध्यनरत विधार्थीलाई लक्षित गरिएको थियो । ५२ जनाको उपस्थित कार्यक्रमको उदेश्य बित्तीय चेतनामूलक अभिवृद्धि गर्नु रहेको आयोजकले बताएको छ । कार्यक्रको सहजीकरण संस्थाको बुटवल बेशका अनुगमन अधिकृत एवम प्रमुख अतिथी टोप बहादुर सुनारले बचत, बिमा, बिप्रेषण र कर्जाको सदुपयोगिताको बारेमा जानकारी गराउनु भएको थियो ।
संस्थाका कलौनी बेश अन्र्तगत कार्यालयका अनुगमन अधिकृत एवम विशिष्ट अतिथी मदन घिमिरेले वित्तीय पहुच क्षमता अभिवृद्धिको बारेमा बताउनु भएको थियो सो कार्यक्रम जनज्योति माध्मीक विद्यालयका नि.प्रचार्य नारायण घिमीरे र शिक्षक इन्द्रमणि पाण्डेको समवन्य ,जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख सिमा न्यौपानेको अध्यक्षता र संस्थाको क्रर्मचारी दलबहादुर कुँवरको संञ्चालनमा सम्पन्न भएको थियो ।